मेची पुल निर्माण नरोक्न चेतावनी

  प्रकाशित मिति
११ पुष २०७३, सोमबार १४:२०


mechi-pul

भद्रपुर । झापा उद्योग वाणिज्य सङ्घले भद्रपुरस्थित मेची नदीमा निर्माणाधिन पुलमा भएको ढिलाइप्रति चासो देखाउँदै आगामी १५ दिनभित्र पुल निर्माणले गति नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

भद्रपुर र भारतको गलगलिया जोड्ने मेची पुल निर्माण कार्यमा निर्माण पक्षले गरेको ढिलासुस्तीको तीब्र विरोध गर्दै सङ्घले छिटो निर्माणमा लाग्न सरोकारवाला सरकारी निकायको समेत ध्यानाकर्षण गरेको छ ।

सङ्घले शुक्रवार पुल निर्माणस्थलमै पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।

अल्टिमेटम दिएको १५ दिनभित्रमा निर्माण कार्य सुरु नभएमा जनप्रदर्शन गर्ने, सरकारी कार्यालय घेराउ गर्ने लगायतका दवावमूलक कार्यक्रम गर्न बाध्य हुने सङ्घका अध्यक्ष नवराप पनेरुले बताए ।

झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकालले सो अवसरमा बोल्दै दक्षिण झापाको विकासको आधार बन्न सक्ने मेची पुलको निर्माणमा विलम्ब भएकोमा उद्योगी व्यवसायी चिन्तित रहेको धारणा व्यक्त गरेका छन् ।

विगत पाँच दशकमा ३ पल्ट शिलान्यास भएको पुलको पछिल्लो पटक शिलान्यास भएको पनि ७ वर्ष बितिसकेको छ । निर्माणको जिम्मा लिएका व्यवसायीले २ पटक म्याद थप्दा पनि कार्य सम्पन्न हुन सकेको छैन ।

निर्माण भएका दुई वटा पिलरमा सामान्य प्राविधिक गडवडी देखिएको भन्दै निर्माण कम्पनीले काम लम्व्याइरहेको भन्दै सरकारले सडक विभाग मार्फत त्यो समस्या सुल्झाउनु पर्ने सङ्घको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: