मेची पुल हस्तान्तरणको प्रकृयामा (फोटो फिचर)

  प्रकाशित मिति
१८ भाद्र २०७७, बिहीबार १५:४३


मेचीनगर । नेपाल र भारतको सीमा नाका काँकरभिट्टा तथा पानीट्याङ्कीको मेची नदीमा छ लेनको पक्की पुलसहितको सडक निर्माण कार्य सम्पन्न भएको छ ।

भारतको दिनेशचन्द्र अग्रवाल कन्स्ट्रक्सन प्रालिले सन् २०१८ को फेबु्रअरीदेखि ३ वर्षमा सक्ने एशियाली विकास बैँकको १ अर्ब ३ करोड ७८ लाख भारतीय रुपैयाँको लागतमा मेची पुलको ठेक्का लिएको थियो ।

प्रालिले छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगाडि नै सम्पन्न गरिसकेको छ ।

एडीबीको सहयोगमा भारत सरकारले निर्माण गरिदिएको पुलको लम्बाई ७ सय ९० मिटर र चौडाई २४ मिटरको छ ।

‘पुल र सडकको फोटो खिचेपछि प्रकृयामा जान्छ’, मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले भने–‘करिव एक महिनापछि भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।’

फोटो÷शब्द ः अर्जुन कार्की

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: