मेचीनगर । मेची बस व्यवसायी प्रालि प्रधान कार्यालय काँकरभिट्टाले मेचीनगरको विपद व्यवस्थापन कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले विहीबार मेचीनगर नगरपालिकाको कार्यालयमा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रालिका अध्यक्ष श्रेष्ठ, पूर्व अध्यक्ष मोहनप्रकाश उप्रेती, सञ्चालक समिति सदस्यहरु राजकुमार पाण्डे, दुर्गाराम अर्याल, गोकुल ढुंगाना, प्रेम तिम्सिना लगायतको सहभागिता थियो ।
चैत ११ गतेदेखिको लकडाउनले विहान–बेलुका छाक टार्न मुस्किल परेका मजदुर तथा अति विपन्न घरका परिवारलाई राहत पुगोस् भन्ने हेतुले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
विपद व्यवस्थापन कोषमा सहयोग गर्ने व्यक्ति तथा विभिन्न संघ–संस्थाहरुको संख्या दिनदिनै बढिरहेको छ ।