मेची बस व्यवसायी प्रालिको सफथ ग्रहण

  प्रकाशित मिति
२७ फाल्गुन २०७६, मंगलवार १९:४६


काँकरभिट्टा । पूर्व मेची बस व्यवसायी प्रालिको पद हस्तान्तरण तथा सफथ ग्रहण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

काँकरभिट्टा स्थित प्रालिको सभाहलमा सम्पन्न पद हस्तान्तरण तथा सफथ ग्रहण कार्यक्रममा संविधान सभाका सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, अग्रज यातायात व्यवसायी भवानी केरुङ् लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सदस्यहरु मन्दिरा उप्रेती, राजकुमार पाण्डे, दुर्गाराम अर्याल, केशव गिरी (विदुर), राजिव घिमिरे, कपिल थापा क्षेत्री, कृष्ण काफ्ले, दिपक तामाङ, राजेन्द्र रिजाल र प्रेम तिम्सिना, लेखा समितिका संयोजक गोकुल ढुङ्गेल तथा सदस्यहरु शान्ता बुढाथोकी र दिपेन्द्रराज पाण्डेलाई निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले सफथ ग्रहण गराएका थिए ।

प्रालिका निर्वतमान अध्यक्ष मोहनप्रकाश उप्रेतीले नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।

निर्वाचन समितिका संयोजक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सदस्य प्रलाद श्रेष्ठ र सञ्चालन सदस्य दुर्गा खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: