मेची भन्सार : पाँच कर्मचारी, एजेन्ट, निगम र टी इस्टेटलाई सम्मान

  प्रकाशित मिति
१२ माघ २०७८, बुधबार १४:४९



मेचीनगर, १२ माघ । मेची भन्सार कार्यालयले पाँच जना उत्कृष्ट कर्मचारी, एक जना भन्सार एजेन्ट, नेपाल आयल निगम र गोर्खा टी इस्टेटलाई सम्मान गरेको छ ।

७० औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज उक्त सम्मान गरिएको हो ।

सम्मानित भएका कर्मचारीहरुमा लेखापाल लक्ष्मीबहादुर रामदान, नायब सुब्बा लक्ष्मीप्रसाद गुरागाई, कम्प्यूटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई रहेका छन् ।

भन्सार विभागले मेची भन्सार कार्यालयका अर्का नासु प्रेम सुवललाई समेत सम्मान गरेको छ । आजै उनलाई सम्मान हस्तान्तरण गरिएको हो । मेची भन्सार एजेन्ट संघका नितम पौडेललाई उत्कृष्ट कार्य गरेवापत सोही कार्यक्रममा सम्मान गरिएको छ ।

राजस्व संकलनमा सबैभन्दा बढी योगादन पुर्याएवापत इलामको गोर्खा टि इस्टेट प्रालि र नेपाल आयल निगम सम्मान गरिएको छ । गोर्खाले मेची भन्सार मार्फत भारत तथा तेस्रो मुलुकमा चिया निकासी गर्दै आएको छ भने निगमले पेट्रोलियम पदार्थ आयात गरेर मेची भन्सारको राजस्व संकलनका लगभग ४० प्रतिशत एक्लै योगदान पुर्याउँदै आएको छ ।

भन्सार दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छवि रिजाल प्रमुख अतिथि र १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल अध्यक्ष रहेका थिए । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले कार्यालयको प्रगतिका बारेमा चर्चा गरेका थिए ।

ओलीले मेची भन्सार कार्यालयमा आजैदेखि डिजिटल भुक्तानी प्रक्रियालाई अनिवार्य गरिएको जानकारी दिएका छन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष ओम विमली, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलालगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: