मेची महाकाली साहित्यिक दौड यात्रा सुरु

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार ११:५०


sahitya-yatri

मेचीनगर,, १ असोज । प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले शनिबार काँकडभिट्टाबाट मेची महाकाली दौड यात्रा सुरु गरेका छन् ।

दुई वर्षअघि छ हजार दुई सय मिटर अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका कोभ्रपलाञ्चोकका साहित्यकार सापकोटाले नेपाल प्रज्ञा प्रतिष्ठानको लोगोसहित काँकडभिट्टाको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकबाट आफ्नो यात्रा सुरु गरेका हुन् ।
उनले विश्वको प्रथम साहित्यिक आरोहणको रुपमा सगरमाथाको आरोहण गर्ने उदेद्श्यले आर्थिक सङ्कलनका लागि मेची महाकाली दौड सुरु गरेको बताए । यात्राका व्रmममा आर्थिक, नैतिक, भौतिक सहयोग पुर्याउन सबैसँग आग्रह समेत गरेका छन् ।

सापकोटाले काँकडभिट्टाबाट सुरु गरेको यात्रा इटहरी, कञ्चनपुर, लहान, ढल्केवर, चन्द्रनिगाहपुर, हेटौँडा, भरतपुर, बुटवल, चन्द्रौटा, लमही, कोहलपुर, भुरीगाउँ र झलारी हुँदै असोज १८ गते महाकालीको गड्डाचौकी पुगेर समापन गर्ने बताए ।

उनले यात्राको क्रममा विभिन्न स्थानमा कविता बाचन तथा साहित्यिक गोष्ठी समेत गर्ने बताए ।

भानु साहित्यक प्रतिष्ठान झापाका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा यात्रा उद्घाटन गरिएको थियो । सोही क्रममा बरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि चुडामणि रेग्मी, पुण्यप्रसाद खरेल, विजय खरेल, सांसद रविन कोइराला, प्रेमप्रकाश फलाहारी, कृष्ण सुवेदी निराकार, भुवन सुब्बा, सुभद्रा भट्टराई, कल्पना सिटौला, पत्रकार चन्द्र भण्डारीलगायतले यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: