मेची र वालिङ वाणिज्य संघले गाँसे भगिनी साइनो

  प्रकाशित मिति
१४ माघ २०७७, बुधबार १३:४२


मेचीनगर, १४ माघ । झापाको मेची उद्योग बाणिज्य संघ र स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम भएको छ ।

बुधबार वालिङ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले भगिनी सम्बन्ध सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्यहरु राजन श्रेष्ठ तथा भविशकुमार श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरमान गुरुङ, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण, वालिङ उद्योग वाणिज्य संघ कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, महिला उद्यमी विकास समिति वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष कविता भूसाललाई रोहवरमा राखिएको छ ।

मेची उद्योग वाणिज्य संघले दुवै उद्योग वाणिज्य संघहरुबीच सहयोग तथा समझदारी अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न बुँदाहरुमा सहमत भएर औपचारिक रुपमा भातृत्व सम्बन्ध स्थापित गरिएको बताइएको छ ।

हस्ताक्षर पत्रमा दुवै संघहरुले एक आपसमा सहयोगको आदान प्रदान गरी संघको संस्थागत विकासका क्रममा आर्जन गरेका आ–आफ्ना अनुभव तथा ज्ञान आदान प्रदान गर्ने लगायत उल्लेख छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सदस्यहरु राजन श्रेष्ठ तथा भविशकुमार श्रेष्ठले बोल्नुभएको थियो । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम्, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आ आफ्नो संघका बारेमा बोलेका थिए ।

-लक्ष्मी उप्रेतीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: