मेडिकल कलेजलाई अनुमति दिन नागरिक समाजको माग

  प्रकाशित मिति
२० भाद्र २०७३, सोमबार १९:५७


भद्रपुर । स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरूमा सरोकार राख्ने उद्घोषका साथ भर्खरै स्थापित ‘स्वास्थ्य शिक्षा सरोकार नागरिक सरोकार समाज’ले मेची अञ्चलमा एउटा मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन प्रधानमन्त्री समक्ष जोडदार माग गरेको छ ।
समाजले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई झापा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र पठाउँदै उक्त माग गरेको हो ।

काठमाडौँले मोफसललाई कहिल्यै नेपाल नदेख्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै ज्ञापन पत्रमा डा. गोविन्द केसीले समेत काठमाडौँ बाहिर मेडिकल कलेजको सञ्चालनमा अवरोध पुर्याउन खोजेकोमा विरोध प्रकट गरिएको छ ।

ज्ञापन पत्रमा समाजका अध्यक्ष प्रकाश शिवाकोटीले हस्ताक्षर गरेका छन् । सोमवार झापा जिल्ला प्रशासन कार्यालयमा प्रजिअ मदन भुजेललाई भेटेरै ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।

ज्ञापन पत्रमा २६ लाखको बसोबास भएको मेची अञ्चलमा एउटा मेडिकल कलेज अत्यावश्यक रहेको जनाउँदै सरकारले तोकेको सबै पूर्वाधार र मापदण्ड पूरा गरिसकेको विर्तामोडको वी एन्ड सी हस्पिटललाई नै मेडिकल कलेजको रुपमा सञ्चालन अनुमति प्रदान गरिनु पर्ने माग गरिएको छ ।

लोकतन्त्रको मूलमन्त्र भनेकै विकासको विकेन्द्रीकरण हो भन्दै समाजले मेची अञ्चलमा मेडिकल कलेज स्थापना गरिनु पर्ने अञ्चलबासीको आवाजलाई कसैको स्वार्थ र दवावमा अवरोध पुर्याएमा नागरिकहरू आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी भुजेलले ज्ञापन पत्र ग्रहण गर्दै समाजको मागलाई प्रधानमन्त्रीसमक्ष पुर्याउने जानकारी दिएका छन् ।

‘स्वास्थ्य शिक्षा सरोकार नागरिक सरोकार समाज’ दुई दिन अघि मात्र स्थापना भएको हो । समाजले अञ्चलभित्रका स्वास्थ्य र शिक्षा क्षेत्रका विकृति विसङ्गतिको अन्त्य र समस्या समाधानमा सरोकार राख्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: