मेडिकल पढाइका लागि बीएन्डसीमा प्रोफेसर डाक्टर आउन सुरु

  प्रकाशित मिति
१ जेष्ठ २०७६, बुधबार २१:१७


विर्तामोड । बीएन्डसी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर मातहत रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटल अबको केही महिनामै सञ्चालनमा आउने भएको छ । जसका लागि हस्पिटलले उच्च क्षमता र योग्यताका डाक्टरहरु नियुक्ति गर्न थालिसकेको छ ।

क्यान्सर हस्पिटलका लागि गाइनो अङ्कोलोजिस्ट प्रा.डा. गेहनाथ बराल र प्याथोलोजिस्ट प्रा.डा.रितु बराल नियुक्त भएर आएका छन् ।

हस्पिटलले बुधबार पत्रकार सम्मेलन गरी दुवै प्रोफेसर डाक्टरको बारेमा परिचय गराएको छ ।

बीएन्डसीका निर्देशक निराजन पराजुलीले प्रोफेसरद्वय बराल आएपछि पूर्वाञ्चल क्यान्सर हस्पिटलले पूर्णता पाएको बताउँदै अब छिटै सेवा सुरु हुने जानकारी दिए ।

त्रिभुवन युनिभर्सिटीमा एमबीबीएस र एमडी गरेका प्रा.डा. बरालले महिलाको क्यान्सरसम्बन्धी फेलोसिप कोरिया र क्लिनिकल रिसर्च क्यानडामा गरेको बताए ।
मूल घर झापाको गौरादह भएका उनले मेची अञ्चल हस्पिटलमा अढाइ वर्ष काम गरेको अनुभव पनि सुनाए ।

उनी महिलाको क्यान्सरसम्बन्धी शल्यक्रिया गर्न अनुभवी मानिन्छन् । सबै पूर्वाधार र सेवासुविधा भएकाले बीएन्डसीमा काम गर्न इच्छुक भएको उनले बताए ।
एकै ठाउँबाट क्यान्सर रोगको उपचार सम्भव हुने र बिरामीले अन्यत्र धाइरहनु नपर्ने देखेपछि उनले बीएन्डसीलाई रोजेको पनि सुनाए ।

एमबीबीएस बङ्गलादेशमा र एमडी मनिपाल सिक्किममा गरेकी प्रा.डा. रीतु बरालले बीएन्डसीमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा फस्ट क्लासको प्याथोलोजी सेवा प्रदान गरिने बताइन् ।

क्यान्सर कुन स्टेजको हो भन्ने जानकारी पाउने माध्यम नै प्याथोलोजी सेक्टरको भएकोले पूर्वाञ्चल क्यान्सर हस्पिटलमा काठमाडौं र भारतको भन्दा गुणस्तरीय सेवा दिन सकिने बताएकी छन् ।

काठमाडौँको किस्ट र पाटन हस्पिटलमा पढाएको अनुभव बोकेकी डा. बरालले बीएन्डसी हस्पिटल पूर्वाधार र सुविधाले मुलुककै पहिलो नम्बरमा भउको हुँदा आफु काम गर्न इच्छुक भएको पनि बताइन् ।

मेची अञ्चलले पहिलोपल्ट प्रोफेसर डाक्टर पाएको सुनाउँदै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले आफु सधै मेची अञ्चलबासीको भरपर्दो उपचारको व्यवस्था मिलाउन अग्रसर रहेको बताए ।

उनले हस्पिटलको सफलता डाक्टरहरुको सेवा र पत्रकारहरुको रचनात्मक सहयोगबाट हुने उल्लेख गर्दै वीएन्डसीले अब छिटै एमबीबीएस पढाइ सञ्चालन गर्ने र उपचारको गुणस्तर तीन गुणाले बढाउने जानकारी दिए । यस हस्पिटलमा अझै एक हजार जनाले रोजगारी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार पूर्वाञ्चल क्यान्सर हस्पिटल करिब चार महिनाभित्र सञ्चालनमा आउने छ ।

बीएन्डसीमा यस अघिदेखि क्यान्सर उपचारका लािग अङ्कोलोजिस्ट डा. वीरेन्द्र यादव र गाइनोकोलोजिस्ट डा. स्मृति मुल जोशी र डा. सुनिता रेको टीम कार्यरत छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: