मेमलाल राजवंशीको विदाई तथा सम्मान

  प्रकाशित मिति
२७ असार २०७५, बुधबार १७:४२


विर्तामोड । स्थापना कालदेखि नै मेची आँखा अस्पताल विर्तामोडमा कार्यरत नेत्र अधिकृत मेमलाल राजवंशीलाई सम्मानसहित विदाई गरिएएको छ ।

२५ बर्ष अस्पतालको सेवामा विताएर अवकाश पाएका राजवंशीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले सम्मानसहित विदाई गरेको हो ।

अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा गरिएको कार्यक्रममा अस्पताल प्रशासक सुरजकुमार रौनियार, मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशी, कर्मचारी मोहन अधिकारीलगायतले राजवंशीले सेवा अवधिभर गरेको योगादनको प्रशंसा गरेका थिए ।

कार्यक्रममा मेमलालकी धर्मपत्नी शकुन्तला राजवंशी र दुई छोराहरुलाई समेत सम्मान गरिएको थियो । राजवंशीलाई अस्पताल परिवारले मायाको चिनो स्वरुप एक थान ल्यापटप र मोवाइल प्रदान गरेको छ ।

२०५० साल माघ १९ गते विर्तामोड चोकमा एउटा कोठा भाडामा लिएर शुरु गरेको आँखा उपचार केन्द्रबाट सेवा सुरु गरेका राजवंशीले काम गर्ने दौरानमा आफूलाई सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई समेत सम्झेका थिए ।

विदाई तथा सम्मान कार्यक्रमको संयोजन नेत्र सुपरभाइजर कविता कार्की कडरियाले गरेकी थिइन् भने सञ्चालन स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोराले गरेका थिए ।
…………………………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: