मेयरसहित ५४ जनाको पीसीआर टेष्ट (फोटो फिचर)

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार १७:३६


मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ ।

नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर (थ्रोट स्वाब) को टेष्ट गरिएको हो ।

स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परक्षिण लागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

शाखा संयोजक शशिकला राई, सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल, दीपक सपकोटा लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वाबको नमूना संकलन गरेको थियो ।

पीसीआरको रिपोर्ट ३ दिनपछि आउँने चौलागाईँले जानकारी दिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: