मेयर–उपमेयरमा एमालेको अग्रता, गठबन्धन पछ्याउँदै

  प्रकाशित मिति
२ जेष्ठ २०७९, सोमबार ०८:११


मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
वडा नम्बर १, २ र १५ को १ हजार २९८ मतगणना हुँदा एमालेका गोपाल चन्द्र बुढाथोकीले ४५२ मतका साथ अग्रता लिएका छन् ।

दोस्रोमा नेपाली कांग्रेस रहेको छ । गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले ४०६ मत पाएका छन् भने । तेस्रोमा रहेका राप्रपाका रमेश दाहालले ७६ भोट पाएका छन् ।

त्यस्तै चौथोमा मेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका किशोर धिमालले २७ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मिना पोखरेल उप्रेतीले अग्रता लिएकी छन् । उनले ४३७ मत पाएकी छन् ।

दोस्रोमा रहेका गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले २१९ मत पाएका छन् । तेस्रोमा रहेकी राप्रपाकी सविना बजगाईले १४५ भोट पाएकी छन् ।

त्यस्तै चौथोमा उपमेयरमा मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका शिखा लिम्बुले २८ मत ल्याएका छन् । मेचीनगरमा कुल ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ६८८ ले मतदान गरेका थिए । ७०.२२ प्रतिशत मात्र मत खसेको थियो ।

मेचीनगरमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन छ । एमाले र राप्रपा एक्लै लडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: