मेयर माइडले बुझाइन् पानीको महत्व

  प्रकाशित मिति
२७ माघ २०७६, सोमबार २१:११


अर्जुन कार्की
काँकरभिट्टा । बेलायतस्थित फोक्सटन सिटीका मेयर जेक्की माइडले पानीविना मानिस एकपल पनि बाँच्न नसक्ने बताएकी छन् ।

सोमबार काँकरभिट्टा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर माइडले पानीको महत्व दर्शाएकी हुन् ।

‘हाम्रो देशमा पानीको अभाव छ’, मेयर माइडले भनिन्, ‘यहाँ त पानीको खानी छ । पानी छ भन्दैमा पानीलाई खेलाँची गरेर खेर नफालौँ ।’ उनले बेलायतमा पानी पर्याप्त नभएकाले पानीको महत्व बुझेर अघि बढ्न संस्थालाई आग्रह गरिन् ।

कार्यक्रममा बेलायतस्थित फोक्सटन सिटीका पूर्व काउन्सिलर एवम् गोर्खा फाउण्डेसनका अध्यक्ष धनकिरण गुरुङले विगतमा खानेपानीलाई गरेको योगदानको बारेमा चर्चा गरेका थिए । उनले खानेपानी संस्थालाई सहयोग गर्ने आश्वासन दिएका थिए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर फ्याकले पानीको मुख्यस्रोत बोरिङ मात्र भएकाले यसलाई टिकाइरहन दिर्घकालीन स्रोतको आवश्यकता रहेको बताए ।

अध्यक्ष फ्याकले त्यसका लागि दातृराष्टको सहयोग आवश्यक भएको भन्दै मेयर माइडलाई ध्यानाकर्षण गराएका थिए । खानेपानी संस्थाको स्थापनाकालमा बेलायत सरकारले १ करोड ४३ लाख रुपैयाँ सहयोग गरेको पनि उनले जानकारी गराएका थिए ।

कार्यक्रममा फोक्सटन सिटीका मेयर माइड, च्याम्बर अफ कमर्सका अध्यक्ष रे जोनसन, फोक्सटन सिटीका सचिव निल जोनसन, पूर्व काउन्सिलर गुरुङलाई संस्थाका अध्यक्ष फ्याक, उपाध्यक्ष शारदा शर्मा पराजुली, सचिव राजकुमार पराजुली, तिलक तामाङ, अनिता गुरागाईं, रुपा राई, त्रिलोचन तिम्सिनालगायत कार्यसमितिका पदाधिकारीहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती पोखरेल, गोर्खा फाउन्डेसन नेपालका अध्यक्ष नगेन्द्र गुरुङ, तमु ह्यु छोँ धि गुरुङ राष्ट्रिय परिषद मेचीनगर अध्यक्ष जगत गुरुङ, वडाअध्यक्ष ललित तामाङ, भानु साहित्यिक प्रतिष्ठानका मेचीनगर अध्यक्ष कृष्णप्रसाद उप्रेती, प्रज्ञासभा सदस्य शुभद्रा भट्टराई, काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती, नेकपा नेता देवकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन खानेपानी कार्यालयका प्रमुख दिपकप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: