मेचीनगर । गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई दमकको सामाजिक अभियन्ता सम्झना तामाङ र महिमा लिम्वुको टिमले ५२ हजार रुपैयाँ र सर्जिकल सामग्री सहयोग गरेको छ ।
पाँचथरको हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी–भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट आएको सहयोग हस्तान्तरण गरेको हो ।
सामाजिक अभियन्ता तामाङको टोलीले शुक्रबार विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामाग्री हस्तान्तरण गरेको थियो ।
बिरामी सरस्वतीले रकम ग्रहण गरेपछि रुदै सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिएकी थिइन् । मेरो अरु उपचारका लागि देश र विदेशमा रहनु भएका नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई आग्रह गरिन् ।
४ वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाचिएर बिरामी भएकी सरस्वतीको घरमा पुगेर थप उपचारका लागि सहयोग गर्न सामाजिक अभियन्ता सम्झनाको टोलीले केही दिन अघि साथीहरुसँग भिडियो कन्फ्रेन्स गरेको थियो ।
सरस्वतीको घरायसी अवस्था नाजुक र उनका बुवा–आमाले दैनिक जनमन गरेर परिवारको गुर्जारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहेकी लिम्वुले बताइन् ।
सररस्वतीको लागि आउने जति पनि सहयोग उनको परिवारलाई सार्वजनिक रुपमा हस्तान्तरण गरिने सामाजिक अभियन्ता तामाङले बताइन् ।
बिरामीको स्याहार सुसार गरी रहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटलसम्म पुराएर उपचार गर्दा ऋणमा खोजेको २० लाख रुपैयाँ पनि सकिएको बताइन् ।
सरस्वतीको उपचार गराउन अझै करिव ३० लाख रुपैयाँ लाग्ने उनको भनाई छ ।