मेरो प्यारो बुवा

  प्रकाशित मिति
२४ भाद्र २०७५, आईतवार ०८:४१


रेशमा खातुन

मैले देख्ने हरेक सपनामा छौ तिमी,
संसारको अमूल्य धन हौ तिमी ।
मेरो मुटु अनि धडकन तिमी,
बावु छोरीको सम्बन्ध रहोस् हजारौँ जुनी ।

तिमी पाएर म धन्य छु,
जति सङ्घर्ष गर्नु परे पनि ।
बुवा भनेर बोलाउन पाउ,
यो सास रहुन्जेलसम्म पनि ।

विश्वास यति दियौ कि,
गलत बाटो रोज्नै परेन ।
माया यति दियौ कि,
मलाई ममताको खडेरी परेन ।

मेरो जीवनको आदर्शमा छौं तिमी,
कहिले तल झार्ने छुइन ।
मेरो प्रेरणाको श्रोत हौं तिमी,
तिमी बिना एकै कदम पनि चल्दैन ।

तिम्रो साथ हुँदा सुरक्षित छु,
तिम्रो मायाले बाँचेकी छु ।
तिम्रो आज्ञाको पालना गर्दै,
यहाँसम्मको यात्रा काटेकी छु ।

थाहा छ मलाई तिम्रो आँखाको नानी हुँ म,
तिम्रो शीर सदा उच्च राख्ने प्यारी छोरी हुँ म ।
मलाई चोट लाग्दा तिम्रो आँशु बहेको छ,
मेरो सफलतामा बढी खुशी तिमीलाई लागेको छ ।

मेरो खुशीको सुरुवात हौ तिमी,
जिउन सक्ने छुइन म भुलेर प्यारो बुवा ।
मेरो दैव मेरो ईश्वर अनि जे भने पनि,
संसारकै सबैभन्दा प्यारो मेरो लागि मेरो बुवा ।

(मेचीनगर १५, झापा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: