मेरो मेचीनगर अनलाईनको प्रधान सम्पादकमा लुईटेल

  प्रकाशित मिति
२ श्रावण २०७८, शनिबार १३:५४


मेचीनगर, २ साउन । मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुईटेल नियुक्त भएका छन् ।

काँकरभिट्टा स्थित हव डिजिटल मिडिया प्रालिको सञ्चालक समितिको वैठकले लुईटेललाई प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर दिएको स्वेच्छिक राजीनामा दिएका थिए ।

सञ्चालक समितिको असार २५ गते बसेको पूर्ण वैठकले गौतमले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन गरेको साथ, सहयोग र अनलाईनको प्रधान सम्पादक भएर निभाउनु भएको भूमिकाको प्रशंसा गदैं राजीनामा स्वीकृत गरेको थियो ।

गौतमलाई अनलाईनको १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

नवनियुक्त प्रधान सम्पादक लुइटेललाई कम्पनिका अध्यक्ष उदयकुमार श्रेष्ठले शुक्रबार कम्पनीको कार्यालयमा नियुक्ती पत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमविइस÷ विएड) को अध्ययन गरेका लुईटेलले यसअघि नवदृष्टि साहित्य संकलन २०६२, मनन मासिक साहित्यिक लगायत अन्य पत्रपत्रिकामा सम्पादन मण्डलको भूमिकामा रहेर काम गरिसकेका छन् । उनका विभिन्न पत्र पत्रिकाहरुमा लेखहरु प्रकाशित भएका छन् । उनी काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।

कम्पनीका प्रवन्ध निर्देशक सुजन प्रधान, सम्पादक लक्ष्मी उप्रेती लगायतले नवनियुक्त प्रधान सम्पादक लुईटेलाई खादा र अविर लगाईदिएर कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज