‘मेरो रेडियो’को उद्घाटन

  प्रकाशित मिति
१५ आश्विन २०७३, शनिबार १२:५९


 

kumar

शनिश्चरे । मेरो रेडियो १०५ मेगाहर्जले शनिबार देखि नियमित प्रशारण सुरु गरेको छ ।

जिनियस मिडिया प्रालिद्वार सञ्चालित रेडियोको उद्घाटन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले ‘मेरो रेडियो’ शनिश्चरेबासीको गहना भएको बताए । उनले रेडियो सञ्चालनका लागि आफूले पनि सक्दो सहयोग गर्ने बचतबद्धता व्यक्त गरे ।

प्रालिका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा सांसद प्रेम गिरी, नेपाली कांग्रेसका जिल्ला नेता उद्धव थापा, जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्र गिरी, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, पत्रकार महासंघका अध्यक्ष भीम नेम्वाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यव्रmममा स्थानीय विकास अधिकारी खेमराज ओझा, सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौला शनिअर्जुन नगरपालिका कार्यकारी अधिकृत रुद्र न्यौपाने, सनराइज एफएमका अध्यक्ष कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गरको कार्यव्रmमका सञ्चालन पत्रकार लीला अनमोलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: