मैनाली, बीएन्डसी र अनसन

  प्रकाशित मिति
१८ आश्विन २०७३, मंगलवार १०:३०


gobinda-neupaneहालै नागरिकको स्वास्थ्य सरोकार भन्दै आमरण अनसन वसेका चैतन्य प्रकाश मैनालीसँग सम्बन्धित लोकतन्त्र पोस्टका मोहन काजीको आलेखको प्रतिक्रिया स्वरुप वौद्धिक व्यक्तित्व दामोदर ढुङ्गेलले भद्र विमति जाहेर गरेका छन् । दामोदरले मैनालीलाई वीएन्डसी अस्पतालका लागि अनसन वस्नु भन्दा मेची अञ्चल अस्पतालको भौतिक र प्राविधिक सुधार गर्न अनसन बसे मेची अञ्चल मात्र हैन देशैले साथ दिने सुझाएका छन् ।

यो सुझावले पङ्तिकारलाई समेत पुरानो घटनाको स्मरण गराएको छ । २ वर्ष अघि एक सुत्केरी हुन लागेकी महिलालाई अञ्चलकै एकमात्र रेफरल केन्द्र मेची अञ्चल अस्पताल अन्तर्गतको प्रसुति गृह रेफर गरियो । केन्द्रले पहिला त भर्ना नै लिन आनाकानी गर्यो । केही दवाव पश्चात विरामी भर्ना त गरियो तर रातभरि शल्यक्रिया गरिएन । विहान शल्यक्रिया त गरियो तर अत्याधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल भएका कारण आई.सी.यू.का लागि धरान रेफर गरियो । धरानमा आइ.सी.यू. उपलव्ध नहुने भएका कारण भारतको सिलिगुडी आनन्दलोकमा पठाई विरामी वचाउने कार्य गरियो, तर २ कठा जमिन बेच्न पर्ने भयो ।

प्रसुतिकै हकमा यस्ता अनेकन घटना भएका छन् मेची अञ्चल अस्पतालमा र कयौ विरामीको लापर्वाहीका कारण ज्यान जाने गरेको सञ्चार माध्यम बताउँछन् । मेची अञ्चलकै एकमात्र सरकारी अञ्चल अस्पतालको यो दूरावस्थाको वारेमा रत्तिभरि चिन्ता जाहेर नगर्ने तर निजी अस्पतालका लागि आमरण अनसन समेत वस्ने प्रवृत्ति कति जायज हुन्छ आम मानिसले बुझ्न आवश्यक छ ।

मैले करिव १ वर्ष अगाडि कञ्चनजङ्घा एफएममा शनिवार साँझ प्रसारण हुने आजको चिन्तन कार्यक्रमबाट सुनेका चैतन्य प्रकाश मैनालीप्रति मेरो ठूलो सद्भाव थियो । करिव १ घण्टा लामो त्यस कार्यक्रममा मानव मलमूत्रबाट जैविक ग्यास वनाउने प्रविधिको वारेमा गहन अध्ययनको फेहरिस्त मैनालीबाट सुनेको थिएँ । मेरो आफ्नो घरमा समेत जैविक ग्यास चलाउने भए पनि मलाई मैनाली जति जानकारी थिएन । अझ मानव मलमूत्रवाट जैविक ग्यास निकाल्दा शौचालय बनाउने जति पनि खर्च नहुने, सेफ्टी ट्याङ्क सफा गर्न नपर्ने र ९८ प्रतिशत ग्यास निकाल्न सकिने बारेमा मैनालीले मलाई दीक्षित गराएका थिए । मैनालीको यो वायोग्यासको बारेमा मैले धेरै पात्रहरूलाई बताएँ, विशेषगरी ठूला वायो ग्यास वनाउने प्राविधिक र उद्यमीहरूलाई । मैले नयाँ निर्माण गर्न लागिएका घरमा समेत यो प्रविधि उपयुक्त हुने सुझाएँ, तर थाहा छैन कति मैले सुझाएका मानिसहरूले उनलाई भेटे र कतिले उनको ज्ञान प्रयोग गरे । अब म फेरि वायो ग्यासका बारेमा मैनालीलाई उद्धरण गर्छु कि गर्दिन थाहा छैन ।

अव बीएन्डसी अस्पतालको कुरा गर्ने हो भने मेची अञ्चलमा एक मात्र मेडिकल कलेजको रुपमा स्थापना हुन लागेको यो अस्पतालका लागि आम मानिस किन विपक्षमा हुनु पर्ने ? यो अस्पताल खुलेपछि आम मानिसले उपचारमा पहँुच पाएकै छन् । न्यूरोका लागि भारतमा जानु पर्ने महङ्गो शुल्क तिर्नुपर्ने र ठगिनु पर्ने बाध्यता केही हदसम्म टरेको छ । विद्यार्थीका लागि समेत विरामी आवश्यक हुने भएकाले मेडिकल कलेज भए पछि अझ शुल्क कम हुने हँुदा आम मानिस मेडिकल कलेज कहिले हुन्छ भन्ने प्रतिक्षामा नै छन् । तर मेडिकल कलेज आज तत्कालै चाहियो भन्दा हुने हैन होला । कम्तीमा अस्पताल चलाएको २ वर्ष पूरा हुनु पर्ने होला । त्यस कुरामा सरकारको नीति नियमको पालना गर्ने र केही समय धैर्य गरेर अनुमति लिनु पर्ने हो । यसले मेडिकल कलेज सञ्चालक र मेडिकल कलेज कै साख वृद्धि गर्दछ । आम मानिस त यसको सेवा सुविधामा वृद्धि होस्, गुणस्तरयुक्त सेवा शुलभ मूल्यमा पाइयोस् भन्ने पक्षमा भएका बेला अस्पताल सञ्चालकहरू यस्ता आन्दोलनको प्रभावमा पर्नु कति सुहाउने हो त्यो मनन गरुन् ।

अनसनकारीहरू वहाँहरूको विचारमा सहि हुनु होला । वहाँहरूको शान्तिपूर्ण आन्दोलन गर्ने हक नै हो त्यसमा केही भन्नु छैन । तर अव अनसन, सहिद, जस्ता महत्वपूर्ण विषयहरू अवमूल्यन त हँुदै छैनन् त्यो शङ्का बढ्न थालेको छ । विर्तामोड जस्तो स्थानमा सार्वजनिक शौचालय छैन । मैनालीको हकमा त विर्तामोडमा सार्वजनिक शौचालयको माग राखी अनसन बसेका भए पनि आम मानिसको समर्थन नै हुन्थ्यो । अझ विर्तामोड नगरपालिकाको बन्दै गरेको भवनमा उनले सुझाएको प्रविधि प्रयोग भएको छैन । त्यो प्रविधि पहिला विर्तामोड नगरपालिकामा नै प्रयोग गर्नपर्ने माग राखेको भए वरु राम्रो हुन्थ्यो । फेरि पनि नागरिक समाज भद्र हँुदै सशक्त दवाव दिने सामथ्र्य राखुन् यही शुभकामना, विजया दशमीको ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: