मैले देखेको घटनास्थल

  प्रकाशित मिति
२८ श्रावण २०७४, शनिबार ०३:०८


mohan kazi
मोहन काजी

पत्रकार साथी झुलन रेग्मी र म विर्तामोडबाट भद्रपुरतर्फ त्यही बाटो भएर मोटरसाइकलमा जाँदै थियौँ । झुलनजीले बाइक हाँक्नु भएको थियो, म पछाडि बसेको थिए ।

जब हामी लिटल फ्लावर्स स्कुल पार गरी विर्ताबजार नजिक पुग्यौँ । त्यहाँ सडकमा पानीको भेल उर्लिएको थियो । पैदल यात्री, मोटरसाइकल र सीटी रिक्साहरु डुब्दै डुब्दै सडक पार गर्दै थिए । त्यहाँ सडक होइन, मानिसहरु खोलो पार गरेझैँ भएको थियो ।

केही मोटरसाइकलहरु चोबलिदै, लड्दै जाँदै थिए । मैले झुलनजीलाई भने–‘यो सडकको दुर्दशा यस्तो छ, केही फोटो खिच्नु पर्छ ।’ उहाँले बाइक रोक्नु भयो, म लगातार फोटो खिच्न थाले ।

हेर्दा हेर्दै मे१ह १९४७ नम्बरको सीटी रिक्सा दुर्घटनामा पर्यो । सो सीटी तीब्र गतिमा भौडी पार गर्न खोज्दा दुई टुक्रा भयो । त्यसका यात्रु ओलिए । चक्का एकातिर, सीटीको सिट अर्कातिर भयो । मैले फोटो खिचे ।

btm nali 7त्यत्तिकैमा पछाडिपट्टि चब्ल्याङ्ग गरेको आवाज आयो । मैले सोचेँ–अर्को सीटी रिक्सा भाँचियो होला वा कुनै मोटरसाइकलवाला पछारियो होला । तर घटना अर्कै भइसकेको रहेछ ।

एउटी महिला सो सडकको भौडी पार गरिरहेको बेला हुत्तिदा साथमा रहेकी २ बर्षकी बालिका गहिरो नालीमा डुबेकी रहिछन् । मैले त्यो बेला डुबेकी बालिकाको फोटो खिच्ने कि उद्धार गर्ने भन्ने विषयमा एक निमेषमै निर्णय लिए र उद्धारमा जुटे । उनकी आमा पनि आत्तिदै आइन् । नालीमा उत्तानो परेर डुबेकी बालिकालाई मैले र उनले हात खुट्टामा समातेर बाहिर निकाल्यौँ ।

अरु मानिसहरु हेर्दै थिए, उद्धारमा आउन खोज्दै थिए । तर हामीले ती बालिकालाई सकुशल र छिटो उद्धार गरिसकेका थियौँ । बालिकाले पानी निलेकी थिइन् । आमाले आफ्नी छोरीलाई काखमा लिएर पुछपाछ गरिन् । साडीले अनुहार र टाउको पुछिदिइन् । धन्न, ती बालिका जोगिइन् ।

btm nali 3त्यतिबेलासम्ममा मैले फोटो खिच्न बिर्सिसकेको थिएँ । ती आमा र छोरी पैदलै हिँडेर पचार मिटर टाढा पुगिसकेका रहेछन् । हतार हतार झुलनजीको बाइक चढेर हामी ती आमाछोरी भए ठाउँमा गयौँ र नाम ठेगाना सोध्यौँ । उद्धार गरिएको बालिकाको नाम अस्मिता खातुन र उमेर २ वर्ष रहेछ । आमाको नाम सम्झना रहेछ । उनीहरुको घर विर्ताबजार रहेछ । त्यसरी डुबेकी बालिकालाई उपचारका लागि तत्काल हस्पिटल लैजानु पथ्र्यो भन्ने चाहिँ बिर्सिएछौँ हामीले, यसमा आफैप्रति खेद छ ।https://mail.google.com/mail/u/1/#sent/15dd2432ff62d7d4?projector=1
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: