मोटरबाट पानी तान्दा गयो ज्यान

  प्रकाशित मिति
६ असार २०७४, मंगलवार ०९:४१


electric-shockगौरादह । ट्युवेल, इनार वा यस्तै कुनै पानीको स्रोतमा मोटर जडान गर्नु भएको छ ? छ भने त्यसमा विजुली जोडेर पानी तान्ने कार्यमा धेरै होशियारी अपनाउनु होला । किनकि यसमा सानो त्रुटी भयो भने ज्यान जान पनि सक्छ ।

यस्तै दुःखद् घटना भएको छ सोमवार गौरादहमा । गौरादह–३ स्थित बिजुली अफिस छेउमै घर भएकी ५० वर्षीया चन्द्राकुमारी कार्कीको सोमवार अपरान्ह ४ बजेतिर मोटरको तारमा करेन्ट लागेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख नगेन्द्रकुमार भगतका अनुसार बस्तुभाउलाई पानी खुवाउने क्रममा ट्युववेलमा जडान गरिएको मोटरको तारबाट चन्द्रकुमारीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागी घाइते भएकी उनलाई तत्काल उपचारका लागि दमक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: