मोटरसाइकलसँग स्कुटी जुध्दा रञ्जनाको मृत्यु

  प्रकाशित मिति
२० जेष्ठ २०७६, सोमबार २२:१४


दुधे । नेकपाका जिल्ला नेता राधाकृष्ण खनालकी १८ वर्षीया छोरी रञ्जना खनालको सवारी दुर्घटनामा सोमवार मृत्यु भएको छ ।

सोमवार विहान १०ः२५ बजेतिर रञ्जनाले हाँकेको मे७प १६८७ नं. को स्कुटीलाई धरमपुरस्थित राजमार्गमा पश्चिमबाट तीब्र गतिमा हुइँकिएर आएको मे१०प ८१४० नं. को मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै रञ्जनालाई उपचारका लागि विर्तामोडको वीएन्डसी हस्पिटल पुर्याइएको थियो । तर हस्पिटल पुर्याउँदा चिकित्सकहरुले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

प्रहरीका अनुसार रञ्जनाको स्कुटीसँग ठोकिएको मोटरसाइकलका चालक विर्तामोड–११ का १८ वर्षीय मौसम पाण्डेको पुनर्जीवन हस्पिटल झिलझिलेमा उपचार भइरहेको छ भने उनको मोटरसाइकलको पछाडिको सिटमा बसेका विराटनगरका २२ वर्षीय अनिस राउत समेत घाइते भएका छन् ।

रञ्जनका पिता राधाकृष्ण खनाल कमल गाउँपालिकाको सुकुम्बासी आयोगका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: