मोटरसाइकल चोर्ने गिरोह प्रहरी फन्दामा

  प्रकाशित मिति
२२ भाद्र २०७३, बुधबार १९:१६


motorcycle

झापा । २२ भदौ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले मोटरसाइकल चोरी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई भारतीय नागरिकसहित ६ जनालाई बुधबार इलाका प्रहरी कार्यालय विर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले गिरोहसँगै भारतीय तथा नेपाली नम्बर प्लेटका गरी १० वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

मोटरसाईकल चोरी बढेको भन्दै पछिल्लो समय झापामा सवारीधनीले प्रहरीमा उजुरी दिन थालेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको विशेष टोलीले विशेष सुकारीको आधारमा उक्त गिरोहलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे हो ।

पक्राउ पर्नेमा भारत दार्जीलिङका जीवन राजवंशी, भारत किसानगञ्जका मोहनद साइदुल, झापा भद्रपुर –१५ का अशोक राजवंशी, बिर्तामोड–२ का सइदुल शेख, हल्दिरबारी–१ का राम भारती, भद्रपुर–१३ का दिपक राय रहेको इप्रका बिर्तामोडले जनाएको छ ।

पक्राउ परेकालाई अदालतवाट सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: