मोटरसाइकल दुर्घटनामा अमृतको मृत्यु

  प्रकाशित मिति
२१ बैशाख २०७५, शुक्रबार १५:१५


मेचीनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर–४ का अमृत आले मगरको सवारी दुर्घटनामा परी शुक्रवार विहान मृत्यु भएको छ ।

बुद्धशान्ति –४ हापेन चोकमा मे ८ प ५५६१ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २२ बर्षीय मगर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि विर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक मगरको लास पोष्माटमका लागि मेची अञ्चल अस्पताल लगिएको छ । उनका बुवा तुलबहादुर मगर रोजगारीको शिलशिलामा मलेसियामा छन भने श्रीमती माया राई मगर हङ्कङमा छिन् ।

आमा र बहिनीसँग बस्दै आएको मृतक मगर कक्षा १२ को परीक्षा लेखिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: