मोडलिङमा झापा

  प्रकाशित मिति
२५ पुष २०७२, शनिबार ०५:५९


model
ग्ल्यामरको दुनियाँमा मोडलिङ एक अलग्गै ऐना हो । जुन फेशन शो, अर्थात् ¥याम शोको माध्यमबाट आफ्नो व्यक्कित्व, बौद्धिकता एवम् सौन्दर्यताको विकास गराइन्छ । अर्थात् मोडलिङ एक अलग्गै अर्थात् छुट्टै पहिचान हो । समाजमा एक अलग्गै स्थान छ ।

झापामा अहिले मोडलिङप्रति युवापुस्ताको रुचि बढ्दो छ । यसलाई ग्यामरस नेपाल (मोडलिङ एण्डइमेन्ट म्यानेजमेन्ट कम्पनी) ले मलजल गरिरहेको छ । सन् २००२ बाट सुरु गरिएको यस संस्थाले अहिलेसम्म २५ सयभन्दा बढी मोडलहरू उत्पादन गरिसकेको छ भने ३ दर्जनभन्दा बढी फेशन शो तथा प्रतियोगिता सम्पन्न गरिसकेको छ । विर्तामोड–३ की पवना श्रेष्ठ नेपाली कथानक चलचित्र “त्यो दिन”को मुख्य नायिकाको भूमिकामा छिन् । उनी ग्लामरकै उत्पादन हुन् ।

झापामा मोडलिङको इतिहास खासै लामो छैन । करिव डेढ दशक लामो मोडलिङ इतिहासमा तेजराख खतिवडा, असिम श्रेष्ठ र सुवास अधिकारी जस्ता युवाको अगुवा देखिन्छ । खतिवडा र अधिकारीहरु यो क्षेत्रवाट पलायन भइसकेका छन् । श्रेष्ठले यसको जग थामेका छन् । विगतमा आफै पनि सव्रिmय मोडल तथा कोरियोग्राफर रहेका श्रेष्ठले भारतको मुम्बइबाट सन् २००२ बाट मोडलिङमा स्नातक गरेका छन् । पूर्वका झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा मोडलिङको गतिविधि बढाइरहेका छन् उनी । ‘वेला वेला व्यापारिक मेला, उत्सव र मोडलिङ कार्यव्रmममा आयोजना हुन थालेको छ’, श्रेष्ठले भने,‘यो एकदमै खुशीको कुरो हो ।’

उनका अनुसार मोडलिङप्रति समाजको हेर्ने दृष्टिकोण पनि पछिल्लो समय फेरिएको छ । ‘विगतमा मोडलिङ भनेपछि समाजको दृष्टिकोण अनुदार थियो’, असिम थप्छन्,‘अहिले समाजले पचाउन थालेको छ ।’

मोडलिङ क्षेत्र व्यापक छ । कलाकारितालाई विचारका आँखाले हेरे मात्र राम्ररी पढ्न सकिन्छ । जहाँ चरित्र निर्माण, कर्तव्य पराणयता, लगनशीलता र जीवनको सार्थकता भेट्न सकिन्छ । मानिसले आफ्नो भाग्य आफैँ खोज्नु पर्दछ । जसको लागि अहोरात्र श्रम गरिरहनु पर्दछ । उसलाई आफ्नो कार्यमा पूर्णरूपमा आत्मविश्वास पनि हुनु पर्दछ । धैर्यता, लगनशीलता, बोलीमा स्पष्टता, व्यवहारमा नम्रता, भाषामा हार्दिकता । यी कलाकारमा हुनुपर्ने गुणहरू हुन् । यिनी गुणले व्यक्तित्वलाई असल कलाकार बनाउँछ भन्छन् कोरियोग्राफर श्रेष्ठ । कही–कही मोडलिङको नाममा विकृति पनि भित्रिएको छ । त्यसको अन्त्य हुनु जरुरी छ । मोडलिङ वा ग्ल्यामरको क्षेत्रमा एउटा ऐना हो । जसले सत्य, तथ्य कुरालाई छर्लङ देखाइदिन्छ । यसले व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ । लुकेर रहेको क्षमता विकास र अभिवृद्धिको लागि प्रतिभा प्रस्फुटन गराउँदछ । यस किसिमका कार्यव्रmमहरूको मञ्चमा एउटा सुनौलो अवसर सृजना गराइ भविष्यको गन्तव्य खोज्न सहज बनाउन मितेरी पुलको काम गरेको हुन्छ । सौन्दर्यलाई भन्दा पनि अतिरिक्त जानकारी मूलका शिक्षामा जोड दिई प्रतिष्पर्धाहरूलाई सबल र सक्षम बनाउन काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: