मोदीलाई होइन पत्र ओलीलाई पठाऊ

  प्रकाशित मिति
२३ भाद्र २०७३, बिहीबार १५:०५


yogesh-bhattarai-1

विराटनगर । नेकपा एमालेका प्रवक्ता योगेश भट्टराईले संबिधान संसोधनको लागि मोदीलाई होइन ओलीलाई पत्र पठाउनु पर्ने बताएका छन् ।

प्रेस चौतारी सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यसो भनेका हुन् । उनले नेपालको संविधान संसोधन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर हुन नसक्ने बताए ।

संबिधान संसोधन गर्ने हो भने प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर छलफल गर्नु पर्नेमा जोड दिए । संबिधान संसोधन आन्तरिक मामिला भएकाले वाहय मुलुकमा छलफल गरेर नहुने उनले प्रष्ट पारे । नब्वे प्रतिशत भन्दा वढी जनताको प्रतिनिधिको समर्थमा वनेको संबिधान एक दुइजनालाइ मन परेन भन्दैमा संसोधन नहुने प्रवक्ता भटटराईले बताए ।

एमाले सचिव भट्टराईले चीनका राष्ट्रपतिको भ्रमण रोकिनु बर्तमान सरकारको कुटीतिक अक्षमता भएको बताए । बर्तमान सरकारको अन्तर्राष्ट्रिय लबिङ गर्ने क्षमताको कमजोरीको कारणले नैं भ्रमण रोकिएको भट्टराईको भनाई छ । चिनिया राष्ट्रपतिको भ्रमण अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन महत्वपूर्ण हुनेथियो,एमाले सचिव भट्टराईले भने –‘भ्रमण रोकिनु सरकारको कुटनीतिक अयोग्यता हो ।’ उनले यो सरकार देशभित्रमात्र होइन अन्तराष्ट्रिय जगतमा पनि अलोकपृय भइसकेको दावी गरे ।

नेता भटटराईले अहिलेको सरकारलाई पञ्चर भएको टायरको संज्ञा दिए । पञ्चर भएको टायरलाई प्रचण्डले कसरी अगाडी बढाउँछन् आफूहरु हेरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: