मोफसलकै सर्वाधिक राशीको पुरस्कार वितरण हुँदै

  प्रकाशित मिति
१५ फाल्गुन २०७२, शनिबार ०८:५४


बिर्तामोड,१५ फागुन । मोफसलको सर्वाधिक राशीको झापामा रुद्र–गौरी श्री अम्विका ओली प्रतिष्ठानद्वारा स्थापित पुरस्कार विभिन्न चार प्रतिभालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

शनिबार बिर्तामोडमा पत्रकार भेटघाटका वीच सो घोषणा गरिएको हो । रुद्र ओली स्मृति कृषि पुरस्कार, काठमाडौंका भोलामानसिंह वस्नेत, गौरादेवी आर्दश आमा पुरस्कार अछामकी मथुरादेवी कुँवर, अम्विका देवी ओली स्मृति साहित्य पुरस्कार कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिने भएको छ । तीनवटा पुरस्कारको राशी जनही एकलाख एक हजार एक सय ११ रुपैयाँ रहेको जनाइएको छ ।

त्यस्तै देवी ओली स्मृति वाल पुरस्कार वाग्लुङका रिवाज श्रेष्ठलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
वाल पुरस्कारको राशी रु ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्दै २०६७ सालमा स्थापित उक्त प्रतिष्ठानले सन् २०१३ बाट वर्षेनी राष्ट्रियस्तरको पुरस्कार वितरण गर्दै आएको छ ।

काठमाडौं निवासी वस्नेतलाई धानवाली उत्पादन बढाउन वायुमण्डलबाट नाइट्रोजन स्थिरिकरण गर्ने प्रविधिको विकास गरी कृषि क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार दिन लागिएको बताइएको छ । त्यस्तै अछाम निवासी कुँवरलाई एचआइभी संक्रमित महिलाहरुको सशक्तिकरणमा पु¥याएको योगदान र कीर्तिपुर निवासी शर्मालाई नेपाली साहित्यको श्रीवृद्धिमा समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।

यसैगरी वाग्लुङका श्रेष्ठलाई १३ वर्षको उमेरमा यान्त्रिक उपकरण निर्माण गरी सफल प्रयोग समेत गरेकाले उक्त कार्यको कदर गर्दै देवी ओली स्मृति वाल पुरस्कार प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुरस्कार फागुन २२ गते प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच प्रदना गरिने प्रतिष्ठानका सदस्य नारायण ओलीले जानकारी दिए । पुरस्कार उपप्रधान, वालवालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनाली र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको आतिथ्यमा वितरण गरिने जनाइएको छ ।

सोही दिन प्रतिष्ठानका संस्थापक स्व. श्रीप्रसाद ओली र उनकी पत्नी स्व . अम्विका देवी ओलीको अर्धकद सालिक अनावरण समेत गरिने प्रतिष्ठानका सचिव यज्ञराज ओली गोपालले जानकारी दिए ।

प्रतिष्ठानका सदस्य यज्ञप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा सल्लाहकार सरोज ओली, रोमनाथ ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, पूर्व अध्यक्ष कृष्ण हुमागाई लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: