मोर्चाले भन्दैमा पुनर्लेखन हुँदैन ः मन्त्री राई

  प्रकाशित मिति
६ असार २०७३, सोमबार १८:३०


mantri  sherdhan rai
विर्तामोड । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मधेशी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताएका छन् ।

सोमबार प्रेस चौतारी झापाले जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवसमा स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यव्रmममा बोल्दै उनले संविधान पुनर्लेखन सम्भव नहुने बताएका हुन् ।

उनले मोर्चाको नियतमा अझै पनि खोट रहेको प्रष्ट देखिएको बताउँदै भने–‘संविधानको पुनर्लेखन सम्भव छैन । यो माग गम्भीर र खतरनाक छ । संविधानसभा विघटन भइसकेको अवस्थामा यो अधिकार कसैलाई छैन । यो समाधान भन्दा बखेडा निकाल्ने चालबाजी मात्र हो ।’

संविधान कार्यान्वयन र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नुपर्ने विषय नभएको समेत मन्त्री राईले प्रष्ट पारे ।

उनले भने–‘सहमतिको नाममा संविधान कार्यान्वयन र निर्वाचन नगर्ने भन्ने कुरा हुँदैन । यो संविधानले निर्दिष्ट गरेको जिम्मेवारी हो । यो छलफल गरेर सहमति कार्यान्वयन गर्ने विषय होइन ।’

मन्त्री राईले मन्त्रिपरिषदले पारित गरेर ब्यवस्थापिका संसदमा पेश गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले पहिलादेखि नै भने अनुसार नै ल्याएकोले त्यसमा कसैको पनि विमति हुन नसक्ने दावी गरे ।

उनले संविधान कार्यान्वयनमा नेपाली काङ्ग्रेस र मधेसी दलहरू बाहिर जान नमिल्ने बताए । संविधानले २०७४ माघ ७ गतेसम्म सबै चुनाव गराउनु पर्छ भनेको हुनाले त्यसै अनुरुप नै कार्ययोजना ल्याएको मन्त्री राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: