‘मोवाइल र फेसबुक’ले पढाइ बिगार्याे

  प्रकाशित मिति
२२ भाद्र २०७४, बिहीबार १४:५०


People are silhouetted as they pose with laptops in front of a screen projected with a Facebook logo, in this picture illustration taken in Zenica October 29, 2014. Facebook Inc warned on Tuesday of a dramatic increase in spending in 2015 and projected a slowdown in revenue growth this quarter, slicing a tenth off its market value. Facebook shares fell 7.7 percent in premarket trading the day after the social network announced an increase in spending in 2015 and projected a slowdown in revenue growth this quarter.   REUTERS/Dado Ruvic (BOSNIA AND HERZEGOVINABUSINESS LOGO - Tags: BUSINESS SCIENCE TECHNOLOGY LOGO TPX IMAGES OF THE DAY)

‘मेचीनगर । ‘सधँै हातमा मोवाइल र कानमा एयरफोन लगाएर मात्र हिँडेको देख्छु अनि कति बेला पढ्छ र राम्रो होला भन्ने आस गर्नु । पढ्ने विद्यार्थीको त तरिका नै फरक हुन्छ । विद्यालयमा जति पढ्यो पढ्यो घरमा किताब हेर्दा कस्तो हुन्छ पत्तै पाइन्न ।’ मेचीनगर– अमृतकुमार लिम्बूले आफ्नो नानीको बारेमा विद्यालयमा खुलेरै शिक्षक समक्ष राखे ।

आफ्नो नानीको पढाइ बुझ्न विद्यालय गएका सुब्बाले यस्तो बताएका हुन् । उनले भने–‘हुन त मैले धेरै पढेको छैन तर पनि पढ्ने विद्यार्थीलाई भित्रदेखि पढ्नुपर्छ भन्ने हुनु पर्छ । अहिले त हातमा मोवायल बोक्यो फेसबुक चलायो अनि कति बेला पढ्ने ?’

अभिभावक पदमा गिरीको पनि उही समस्या रहेछ । उनले भनिन्–‘छोरालाई मोवायल नकिन्दी हुँदै भएन । जति बेला पनि मोबायलको कुरा गरेपछि पढ्छ होला नि त भनेर किनिदिएको अहिले त्यो मोबायल भए पछि पढ्न त परै जाओस खाना खान समेत विर्सन्छ । बिहान पनि हातमा त्यहि मोवायल रातिसम्म पनि त्यहि मोवायल । अनि कति बेला पढ्छ र ? विद्यालयमा जति पढ्यो त्यहि मात्र हो घरमा किताब खोल्न कुरै हुँदैन ।’

सुब्बा र गिरीले दिएको अभिव्यक्ति प्रतिनिधि मात्र हो । यो समस्या समग्र अभिभवकमा पर्ने गरेको छ । पढ्ने उमेरमा मोवायलमा अल्मलिन थालेपछि आफ्ना नानीहरुको पढाइ खस्कदै गएको अभिभावकहरुले बताउँदै आएका छन् । उनीहरुको पनि समस्या उहि हो । आफ्ना नानीहरुले राम्रो पढुन् भन्ने सबैमा हुन्छ । तर, पछिल्लो समय प्रविधिको विकाससँगै आएको फेसबुकले विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुले फेसबुकको अध्याधिक प्रयोग गर्न थालेपछि आफ्नो पढाइमा असर गरेको उनीहरुले बताए ।

समग्रमा भन्ने हो भने विद्यालय तहमा अध्ययन गर्ने अधिकाँस विद्यार्थीहरुले आफ्नो फेसबुक पेज बनाएका छन् । जसका कारण धेरै समय उनीहरु त्यहि फेसबुक र मोवायलमा अल्मलिने गरेको पाइन्छ । कक्षा १० को एसइइ परीक्षा आउन अब धेरै समय छैन् । चैतको पहिलो साताबाट परीक्षा हुन्छ । समग्र अभिभावकको एउटै चिन्ता छ । फेसबुकले कतै पढाइ नै भद्रगोल बनाउने त होइन ?
अभिभावक रुद्रमाया सिवाकोटीले आफुले भने नानीलाई मोवायल चलाउन नदिएको बताइन् ।
विद्यार्थी जीवन दाहालले उमेरका कारण पनि यो समस्या आएको बताए । उनले भने–‘अरुलाई चोर लगाउनु भन्दा आफ्नो थैली नै सुरक्षित राख्नु पर्छ । त्यसैले आफ्नोको चिन्ता आफुलाई नै हुन सकेन भने अरुले जति नै पढ्नु भने पनि हुने छैन ।’

घरको कोठामा मोवायलको नेटवर्क नआएपछि उनीहरु बाहिर एकान्तमा गएर मोवायलमा अल्मलिने गरेको पाइन्छ ।

अभिभावकले घरमा आफुहरु नानको पढाइमा ध्यान दिने र विद्यालयमा शिक्षकले सहयोग गरिदिनु पर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: