मौन अवधि र मतदानमा मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्ने

  प्रकाशित मिति
२ मंसिर २०७९, शुक्रबार १३:१४


विर्तामोड, २ मंसिर । निर्वाचनको मौन अवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको भएको छ ।

संवाद समूहले आयोजना विर्तामोडमा गरेको अन्तरक्रिया कार्यक्रममा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि तथा मतदानका दिन मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्नेमा सबैको जोड रहेको छ ।
झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनलाई विश्वसनीय र व्यवस्थित रुपमा सम्पन्न गर्न आचारसंहिताको पालनामा जोड दिए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

ज्ञवालीले झापामा निर्वाचन सम्बन्धी सूचनालाई मिडियामा छिटो र सहज रुपमा सम्प्रेषण गर्ने संयन्त्रको विकास गर्ने बताए । उनले मौनअवधिको पूर्ण पालना गरी निर्वाचनलाई सफल बनाउन सबैमा अपिल समेत गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन सम्पन्न गर्न मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले झापामा शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताए । प्रजिअ रिजालले मिडियाकर्मीलाई निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिन सजग समेत गराए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका बारे प्रष्ट्याउँदै झापामा आचारसंहिताका कार्यान्वयनको अवस्था विगतभन्दा राम्रो रहेको बताए ।

झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाएको बताए । उनले हरेक नागरिक बिना बर्दीका प्रहरी भएकाले निर्वाचन सम्पन्न गर्न मिडिया र आम नागरिकले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको बताए । उनले सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत र कर्मचारीहरु पुगिसकेको बताए ।

मौन अवधिमा राजनीतिक दल तथा सबै सरोकारवालाले पालना गर्नुपर्ने आचारसंहिता बारे मिडियाले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । मतदानका लागि प्राथमिकतामा राखिएका लक्षित समुदायका नागरिकले सहज रुपमा मतदान गर्न पाए÷नपाएको अवस्था बुझेर उनीहरुलाई मतदानका लागि सहज वातावरण बनाउन पनि निर्वाचन सम्बद्ध निकायका अधिकारीहरुले मिडियाकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छलफलको विषयमाथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: