म्यादी प्रहरीमा आवेदन दिनेको भीड

  प्रकाशित मिति
१७ चैत्र २०७३, बिहीबार १२:४६


झापा । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीमा भर्ना हुनका लागि ५ हजार २०१ जनाले आवेदन भरेका छन् ।

सरकारले आगामी बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बुधबारसम्ममा ५ हजार २०१ जनाले भर्ना आवेदन दिएका हुन् ।

जिल्लामा तोकिएको २८३ वटा मतदान केन्द्रमा करिब १ हजार म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको संख्या आज बेलुकासम्ममा ७ हजार पुग्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ९एसपी० शैलेन्द्र थापाले बताए ।
उनका अनुसार आवेदन दिने आज अन्तिम दिन हो । उनले शनिवारदेखि छनौट परीक्षा सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: