म्यादी प्रहरी बन्न हुलका हुल मधेसी

  प्रकाशित मिति
१८ चैत्र २०७३, शुक्रबार १२:४३


झापा । तराइका अन्य जिल्लामा झैँ झापामा म्यादी प्रहरीको भर्नामा मधेसी समुदायका युवाको आकर्षण उत्साहजनक देखिएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले देशैभर म्यादी प्रहरीको भर्ना खोलेको थियो । विहीवार भर्नाको अन्तिम दिन थियो ।

झापामा म्यादी प्रहरी बन्नका लागि २ सय ६६ मधेसी महिला र १ हजार ४ सय ४३ मधेसी पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि कूल ६ हजार ५ सय ८६ जनाले आवेदन भरेका छन् ।

जसमा ४ हजार १३ जना पहाडे पुरुष र ८३४ जना पहाडे महिला समेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लामा तोकिएको २ सय ८३ वटा मतदान केन्द्रमा करिब १ हजार २ सय बढी म्यादी प्रहरीको आवश्यकता रहे पनि आवेदन दिनेको सङ्ख्या पाँच गुणा बढी रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताए ।

उनका अनुसार आवेदन दिने समय विहीबार नै सकिएको छ भने उनीहरुले शुक्रवारसम्ममा सम्पर्कमा आइसक्नु पर्ने र शनिवारदेखि छनौट परीक्षा सुरु हुने एसपी थापाले बताए ।

प्रहरी स्रोतका अनुसार स्थानीय तहको चुनावका विषयमा हालसम्म अनिर्णित भएको मधेस केन्द्रित दलहरुले चुनाव भन्दा पहिला संविधानको संशोधन हुनु पर्ने मागलाई जोडदार रुपमा उठाउँदै आएका छन् ।

मधेस केन्द्रित दल चुनावको विपक्षमा रहेको प्रचार गरिदै आए पनि मधेसी युवा भने चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि म्यादी प्रहरीको भर्नाका लागि आतुर रहेको वस्तुस्थितिले देखाएको छ ।

मधेसका मुख्य जिल्लाहरु सप्तरी, महोत्तरी, सिराहा लगायतका जिल्लामा पनि म्यादी प्रहरीप्रति मधेसी समुदायका युवाको आकर्षण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: