म्याद गुज्रिएका पदार्थ बरामद

  प्रकाशित मिति
२४ भाद्र २०७४, शनिबार ०९:५९


21552273_1897647983896248_281225606_n (1)

मेचीनगर । मेचीनगर क्षेत्रभित्र म्याद गुज्रिएका खाद्य पदार्थहरु विव्रmी वितरण भइरहेको पाइएको छ ।

शुक्रवार मेचीनगर–१० धुलावारी क्षेत्रमा मेचीनगर नगरपालिकाले गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । मेचीनगरका खाद्य अधिकृत दिपेन्द्र कार्कीको नेत्तृत्वको टोलीले अनुगमनको क्रममा म्याद गुज्रिएका सामाग्रीहरु बरामद गरेको छ ।

दशैँ नजिकिदै आएपछि बजारमा विक्री वितरणमा राखिएका वस्तुहरु अखाद्य पाइएको हो । टोलीले धुलावारीका २० पसल तथा स्थानीय हाटबजारमा अनुगमन गरेको थियो ।

जसमा उपभोग्य मिति सकिएका खान अयोग्य तोरीको तेल २५ लिटर, म्याद गुज्रेका सिन्के चाउचाउ १७ केजी, विभिन्न हल्का पेय पदार्थ (फेन्टा, स्प्राइट,कोक) लगायत ३५ लिटर, खान अयोग्य रङ प्रयोग भएको दाल २९ केजी, खान अयोग्य मिठाई १४ केजी बरामद गरिएको टोलीले जनाएको छ ।

अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गाना, जिल्ला पशु कार्यालय काँकरभिट्टाका पशु चिकित्सक दिवाकान्त चौधरी,खुद्रा व्यापार सङ्घका अध्यक्ष भूपाल सिवाकोटी, मेची मासु सहकारीका अध्यक्ष भगिरथ राई, मेची उद्योग वाणिज्य सङ्घका महासचिव ऋषिराम तिम्सिना, उपभोक्ता मञ्च नेपालका जिल्ला सचिव सन्तोष न्यौपानेलगायत रहेका थिए । टोलीले दैनिकी बजार अनुगमन गर्ने खाद्य अधिकृत काकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: