म्यान्मार अपडेट : राष्ट्रपति पनि हिरासतमा

  प्रकाशित मिति
१९ माघ २०७७, सोमबार १०:२४


राष्ट्रपति विन मिन्ट ।

झापा, १९ माघ । म्यान्मारमा सेनाले सत्ता कब्जा गरेर त्यहाँ राष्ट्रपति विन मिन्ट र सत्तारुढ दलकी नेतृआङ साङ सुकीलाई हिरासतमा राखेको छ ।

सुकीका प्रवक्ताले विज्ञप्तिमार्फत सेनाले सत्ता पुरै कब्जा गरेको जनाएका छन् ।

राष्ट्रपति विन मिन्ट र अरु थुप्रै नेताहरुलाई सेनाले हिरासतमा लिएको रोयटर्सले पुष्टि गरेको छ ।

म्यान्मारमा अहिले टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

गत नोभेम्बरमा भएको आम चुनावमा सेनाको समर्थन गर्ने राजनीतिक दललाई सुकीको दलले भारी अन्तरले पराजित गरे यता सेना र सुकीबीच विवाद रहँदै आएको थियो ।

नोभेम्बर ८ मा भएको आम चुनावमा सुकीको दलले ८३ प्रतिशत सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: