म्यान्मार अपडेट : हतियार चलाउने गाडीसहित सेना सडकमा

  प्रकाशित मिति
३ फाल्गुन २०७७, सोमबार ०८:२६


झापा, ३ फागुन । म्यान्मारमा लोकतान्त्रिक सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेको सेनाले आज इन्टरनेट पुरै बन्द गर्दै सडकमा बख्तरबन्द गाडी उतारेको छ ।

बीबीसीका अनुसार फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेका जनसमुदायमाथि दमन गर्न सेनाले यस्तो हर्कत सुरु गरेको हो ।

सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन् ।

स्थानीय समय अनुसार १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ । संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।

म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले हतोत्साहको सङ्केत देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताएका छन् ।

युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ ।’

म्यान्मारमा भएको सैन्य कू ले नेत्री आङ सान सू चीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो ।

नेत्री सू चीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो ।

तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ ।

सू ची हाल आफ्नै निवासमा नजरबन्दमा छिन् । सयौँ अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ ।

सैन्य कू पछि पहिलो पटक याङ्गुनमा हतियार चलाउन सकिने गाडीहरू सडकमा देखिएका थिए ।

दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजे देखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ ।

नेपिद्अस्थित एक चिकित्सकका अनुसार सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा मारिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: