म र मेचीनगर साकोस

  प्रकाशित मिति
२ जेष्ठ २०७५, बुधबार ०९:५८


मेरो सहकारीको यात्रा २०६४ साल माघ २८ बाट सुरु भएपनि सहकारीमा आउनुभन्दा केही अगाडिबाट यात्रा सुरु गर्न चाहान्छु । सहकारीमा आउनुभन्दा अघि मेरो जागिरे यात्राको सुरुवात २०५१ सालदेखि भयो । २०५१ सालमा धुलाबारीमा रहेको कन्टेक कुरियरमा पत्र बाँडने कामबाट सुरु भएको यात्रा २०६४ सालमा सहकारीमा आएर टुङ्गियो । त्यहीबाट मेरो सहकारी यात्राको प्रारम्भ भयो ।त्यसभन्दा अघि धुलाबारीका ३१ जना युवा व्यवसायीहरुको समूह बनाएर बचत सङ्कलन गर्ने बानीको विकास गरिएको थियो । जुन बचत समूह थियो “साना व्यवसायी बचत समूह” त्यही बचत समूहले हामीलाई बचत गर्ने र समूह मै कर्जा लगानी गर्ने बानीको विकास गरायो । त्यही बचत समूह नै आजको मेचीनगर बचत तथा ऋण सहकारी संस्था बन्न पुग्यो र मेरो सहकारी यात्रा पनि यहीबाट सुरु भयो । २०६४ माघ २८ गते सरस्वती पूजाको त्यो दिन मेरो जीवनको नयाँ अनुभव थियो । सहकारी सम्बन्धमा त्यति धेरै जानकारी नभएको व्यक्ति एकै पटक सहकारीको व्यवस्थापकको रुपमा काम गर्नु पर्दा निकै गा¥हो महसुस भयो त्यही पनि काम गर्न आएको मानिस काम गर्नुपर्ने अवस्थाले मानिसलाई काम सिक्न र गर्न बाध्य बनाउँदो रहेछ । काम सिक्ने क्रममा छिमेकी सहकारी कर्मचारी निर्मला भट्टराईले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्दिन । आफ्नो कार्यालयको काम सकेर मलाई हिसाब मिलाउने काममा सहयोग गर्नुभएको थियो ।

सहकारीको हिसाब सिकाउने क्रममा अत्यन्त मेहनतका साथ सिकाउने कार्य गर्नु भएको थियो र मेरो सहकारीको गुरुका रुपमा म वहाँलाई सम्मान गर्दछु । त्यहीबाट सिक्ने क्रम जारी रह्यो र अझैपनि सिक्ने क्रम जारी छ । जीवन एउटा सिक्ने कला रहेछ जति सिकेपनि कहिल्यै नसकिने । सिक्ने क्रममा कहिले काही गाली पनि खानुपर्ने झण्डै झण्डै कुटाई पनि खानुपर्ने र कहीकही सम्मान र स्यावासी पनि पाइने यो सहकारीको यात्रा क्रम ११ वर्ष भएछ थाहै भएन यस १० वर्ष पार गरेको सहकारीलाई सहकार्य गर्नेहरुका लागि एउटा महत्वपूर्ण खम्बाको रुपमा लिन सकिन्छ । राज्यले पनि तिन खम्बे अर्थ नीतिको एउटा खम्बाको रुपमा हेरेको हुँदा सहकारीले गर्न नसक्ने भन्ने कुरा केही छैन मात्र इच्छा शक्ति हुनुप¥यो । मानिसमा सामुहिक भावनाको विकास भएमा सहकारीमा काम गर्न सजिलो पनि छ ।


मानिसका साना भन्दा साना समस्याहरु समाधान गर्न रुपैयाँ पैसाकै आवश्यकता पर्ने हुँदा त्यसको पूर्ति गर्नका लागि आज सहकारीमा सदस्य बन्नेहरुको लहर लागेको छ । सहकारीले मात्र हाम्रो जस्तो भर्खर भर्खरै विकास क्रम सुरु भएको देशमा सहकारीले आफ्ना सदस्यहरुसँग गर्ने कारोवार महत्वपूर्ण हुन्छ । सहकारीमा बैंकहरुसँग त्यति पहुँच नभएका मानिसहरु बढी हुने भएकोले र बैंक सम्म गएर आफ्नो दुःख सुखका कुरा व्यक्त गर्न नसक्ने भएको कारण आज मानिसहरु सहकारीतिर आकर्षित भई रहेको पाइन्छ । सहकारीमा काम गर्ने कर्मचारीहरु पनि आफ्नै गाउँघरका चिने जानेका व्यक्ति हुने र सञ्चालक समिति पनि आफ्नै गाउँघरका दाजुभाई दिदी बहिनी हुने भएको हुँदा उनीहरुसँग निर्धक्क भएर आफ्ना कुरा बाँड्न सक्ने हुनाले सहकारीको महत्व अझै बाँड्न गएको मैले महसुस गरेको छु । जो कोहीले पनि सहकारीको अध्यक्ष, व्यवस्थापकसँग आफ्नो कुरा राख्न सक्ने भएको कारण सहकारीप्रति मानिसको आकर्षण बढदो छ । सहकारीले गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई जम्मा गर्ने भएको कारण मानिसको बचत गर्ने बानीमा पनि विकास भएको छ । अझ कुरा गर्ने हो भने सहकारीले खुत्रुके बचत सञ्चालनमा ल्याएको कारण घरका स–साना नानीहरुले समेत दशैँ तिहार जन्मदिन आदिमा प्राप्त गरेको रकम समेत खुत्रुकेमा हाल्ने र बचत गर्ने बानीको विकास भएको छ । त्यसले नानीहरुलाई सानै उमेरदेखि सहकारी सम्बन्धी जानकारी पनि हुन थालेको छ । मेचीनगर साकोसले विगत समयदेखि नै नानीहरुका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कहिले नानीहरुका लागि उद्घोषण कार्यक्रम कहिले लेखन सम्बन्धी कार्यक्रम कहिले शास्त्रीय संगीत सम्बन्धी कार्यक्रम आदि कार्यक्रमहरु गरेर बच्चाहरुलाई पनि सानैदेखि सहकारी सम्बन्धी जानकारी गराउने प्रयास गरेको छ ।

अबको दिनमा सहकारीले गर्ने काम धेरै छन् । हाम्रा गाउँघरमा खोलिएका अधिकांश सहकारीहरु बचत तथा ऋण कारोवार गर्ने भएका कारण उनीहरुको प्रमुख उद्देश्य बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने मात्र हुन्छ । सहकारीको उद्देश्य मात्र बचत तथा ऋणको कारोवारमा मात्र सिमित राख्नु समाज परिवर्तनका लागि फलदायी बन्दैन । बचत तथा ऋण सहकारीले पनि अबका दिन कृषि तथा अन्य कुरामा पनि प्राथमिकताका साथ काम गर्नुपर्ने देखिन्छ । आफ्ना सदस्यहरुलाई विभिन्न तालिमहरु उपलब्ध गराएर उनीहरुको जीवनस्तरलाई माथि उकास्न सकिन्छ । बाख्रा पाल्नेलाई बाख्रा सम्बन्धी तालिम उवपलब्ध गराउने, कुखुरा पाल्ने लाई कुखुराको तालिम गराउने, गाई पाल्नेलाई गाई पालन सम्बन्धी तालिम गराउने जसलाई जस्तो प्रकारको व्यवसाय गर्ने इच्छा त्यही किसिमको तालिम उपलब्ध गराउने हो भने आफ्ना शेयर सदस्यको जीवनस्तर उकास्न सकिन्छ ।

अहिलेको नेपालको परिवेशमा कृषि व्यवसाय भन्दा अर्काे विकल्प नभएको कारण आफ्नो पहिलो प्राथमिकता कृषि हुन जरुरी छ कृषिमा पनि हामी अझै पनि पुरानै निर्वाहमुखी कृषि आजपनि गरिरहेका छौँ । हामीले कृषिमा सामुहिक कृषि विकास गर्न सकेमा कृषिमा हामी आत्मनिर्भर बन्न सक्छौँ । हामीले कृषिमा बढीभन्दा बढी कृषि यान्त्रीकरण गर्न सकेमा सस्तो लागतमा बढी उत्पादन लिन सक्छौँ । अबको कृषि एकै ठाउँमा धेरै प्रकारका कृषि उपजहरु लगाएर कृषिको उन्नति गर्न सकिदैन त्यसलाई पनि परिमार्जन गरी एक किसानले एउटा मात्र कृषि उत्पादन गर्ने जस्तो कि कुनै एक किसानले धानको मात्र उत्पादन गर्ने, अर्काे किसानले गहुँको मात्र उत्पादन गर्ने, अर्काे किसानले मकैको मात्र उत्पादन गर्ने हो भने हामी उत्पादनलाई बढाउन सक्छौँ । कुनै एक किसानले सबै खाले कृषि उत्पादन एक्लै गर्दा तिनीहरुलाई हेरचाह र अन्य कुराहरुमा राम्रो रेखदेख नहुने भएको कारण अवको आवश्यकता एक किसान एक उत्पादन भन्ने मूल नाराका साथ काम गर्ने हो भने हाम्रो जीवनस्तर उकास्नलाई खासै धेरै समय लाग्ने छैन । छ । कहिले नानीहरुका लागि उद्घोषण कार्यक्रम कहिले लेखन सम्बन्धी कार्यक्रम कहिले शास्त्रीय संगीत सम्बन्धी कार्यक्रम आदि कार्यक्रमहरु गरेर बच्चाहरुलाई पनि सानैदेखि सहकारी सम्बन्धी जानकारी गराउने प्रयास गरेको छ ।

अबको दिनमा सहकारीले गर्ने काम धेरै छन् । हाम्रा गाउँघरमा खोलिएका अधिकांश सहकारीहरु बचत तथा ऋण कारोवार गर्ने भएका कारण उनीहरुको प्रमुख उद्देश्य बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने मात्र हुन्छ । सहकारीको उद्देश्य मात्र बचत तथा ऋणको कारोवारमा मात्र सिमित राख्नु समाज परिवर्तनका लागि फलदायी बन्दैन । बचत तथा ऋण सहकारीले पनि अबका दिन कृषि तथा अन्य कुरामा पनि प्राथमिकताका साथ काम गर्नुपर्ने देखिन्छ । आफ्ना सदस्यहरुलाई विभिन्न तालिमहरु उपलब्ध गराएर उनीहरुको जीवनस्तरलाई माथि उकास्न सकिन्छ । बाख्रा पाल्नेलाई बाख्रा सम्बन्धी तालिम उवपलब्ध गराउने, कुखुरा पाल्ने लाई कुखुराको तालिम गराउने, गाई पाल्नेलाई गाई पालन सम्बन्धी तालिम गराउने जसलाई जस्तो प्रकारको व्यवसाय गर्ने इच्छा त्यही किसिमको तालिम उपलब्ध गराउने हो भने आफ्ना शेयर सदस्यको जीवनस्तर उकास्न सकिन्छ । अहिलेको नेपालको परिवेशमा कृषि व्यवसाय भन्दा अर्काे विकल्प नभएको कारण आफ्नो पहिलो प्राथमिकता कृषि हुन जरुरी छ कृषिमा पनि हामी अझै पनि पुरानै निर्वाहमुखी कृषि आजपनि गरिरहेका छौँ ।

हामीले कृषिमा सामुहिक कृषि विकास गर्न सकेमा कृषिमा हामी आत्मनिर्भर बन्न सक्छौँ । हामीले कृषिमा बढीभन्दा बढी कृषि यान्त्रीकरण गर्न सकेमा सस्तो लागतमा बढी उत्पादन लिन सक्छौँ । अबको कृषि एकै ठाउँमा धेरै प्रकारका कृषि उपजहरु लगाएर कृषिको उन्नति गर्न सकिदैन त्यसलाई पनि परिमार्जन गरी एक किसानले एउटा मात्र कृषि उत्पादन गर्ने जस्तो कि कुनै एक किसानले धानको मात्र उत्पादन गर्ने, अर्काे किसानले गहुँको मात्र उत्पादन गर्ने, अर्काे किसानले मकैको मात्र उत्पादन गर्ने हो भने हामी उत्पादनलाई बढाउन सक्छौँ । कुनै एक किसानले सबै खाले कृषि उत्पादन एक्लै गर्दा तिनीहरुलाई हेरचाह र अन्य कुराहरुमा राम्रो रेखदेख नहुने भएको कारण अवको आवश्यकता एक किसान एक उत्पादन भन्ने मूल नाराका साथ काम गर्ने हो भने हाम्रो जीवनस्तर उकास्नलाई खासै धेरै समय लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: