यति सारो आक्रोशित किन ?

  प्रकाशित मिति
२७ चैत्र २०७३, आईतवार ०८:३५


gobinda-neupaneकेदारभक्त माथेमाले हिजो आज रिस उठ्ने गरेको पोखरामा भएको साहित्य महोत्सवमा ब्यक्त गरे । वौद्धिक ब्यक्तित्वको यो आक्रोसले के संकेत गर्दछ भन्ने तिर कसैले ध्यान दिएको देखिएको छैन । त्रि.वि को कुलपति हुदै राजदुत सम्म भएका माथेमा नेपालको चिकित्सा क्षेत्र सुधारका लागि योगदान गरेका वौद्धिक हुन । आफ्नो काम र कर्मप्रति सन्तोष सम्म नहुने अवस्थामा मानिसहरु आक्रोस हुनु सामान्य हो कि जस्तो लाग्न थालेको छ ।

यस्तै हिजो आज युवा समुदाय समेत आक्रोसित भएको सोसल मिडियामा देख्न सकिन्छ । युवा समुदाय देशविदेश जाने र त्यहाँ देखे जस्तो प्रगति आफ्नो देशमा देख्न नपाएको रिसमा देश र नेता प्रति नै जमेर आक्रोस ब्यक्त गर्न थालेका छन । यति सम्म की हालै एक युवाले यि राजनीतिक दलहरु सवै चोरै हुन भने पछि थप कुरा गर्न असजिलो महसुस भयो । सामाजिक संजालमा ठुलो उचाइ प्राप्त गरेका नेताहरु प्रतिको टिप्पणी र अभिब्यक्ति यहाँ उल्लेख गर्न लायकको पनि हुदैन । यत्रतत्र गालीगलोजले मात्र भरिएको हुन्छ । यो आक्रोसको कारण के हो र परिणाम के हुने हो भन्ने आँकलन गर्न नसक्नु हाम्रो कमजोरी हो ।

face akrosयुवा समुदायको आक्रोसले सर्वप्रथम त उसैलाई क्रमश समाज अनि देशको लागि हानी गर्दछ । आक्रोसलाई ब्यवस्थापन गर्नका लागि युवाहरु दुब्यसनमा फस्ने, लागुऔषधको सहारा लिने हुन्छ । देशमा भएको अस्थिरता ,सामाजिक अशान्ती र आफ्नै भविश्य प्रतिको अन्योलता आदी कारणले आक्रोस ब्यवस्थापन गर्न लागुपदार्थको सहारा लिएको हुन्छ । भविश्य प्रतिको अन्योलताका कारण जस्तो अवस्थामा भए पनि वैदेशिक रोजगारमा जाने, यौन ब्यवसाय गर्ने आदी हुन सक्दछन । यसर्थ नागरिको आक्रोसको अभिब्यक्तिलाई नकारात्मक मात्र नलिइ दवाव समुहको सकारात्मक प्रभावको रुपमा लिने र कमी कमजोरीलाई पुरा गरेर आक्रोसको ब्यवस्थापन गर्ने हो भने सुनौलौ भविश्यको आशा गर्न सकिन्छ । जसका कारण ब्यक्ति ,समाज र देशै उन्नत हुने हुन्छ ।

तर हाम्रो समाजलाई गौर गरेर हेर्ने हो भने चित्र फरक देखिन्छ । स्थानीय निकायको चुनावको मिति घोषणा भएको छ । जनतामा गएर आफूलाई अनुमोदित गर्ने यो अवशरका लागि उनीहरुको विगतको कर्म प्रष्ट्याउदै र भविश्य प्रति आशा जगाउने कार्य गर्ने समय अहिले हो । आफ्नो शक्तिलाई वैधानिकता प्रदान गर्न आवधिक निर्वाचनमा जानु आवश्यक हो तर देशको सर्वोच्च पदमा आसिन ब्यक्तिहरुको कुरा सुन्दा सफेद झुट वाहेक केही देखिदैन । आफु सत्तारोहण गरेपछी नेपाल उज्याले भएको अर्थात लोड सेडिगं मुक्त भएको , गत सालको १ प्रतिशत भन्दा कम आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण भएको ,राष्ट्रिय गौरवका योजनाहरु धमाधम सुरु भएका जस्ता हावादारी कुरा गर्दा कार्यकर्ता वाहेकका आम नेपालीले पत्याउलान कि नपत्याउलान भन्ने हेक्का समेत नहुने नेतृत्व प्रति युवा र वौद्धिकहरुको आक्रोसको अभिब्यक्ति जायजै लाग्दछ । मेलाम्ची दशैमा पनि सम्पन्न नहुने सुनिदैछ , काठमाण्डौं धुलीमाण्डौं भएको छ ,ब्यापार घाटा वढेको छ , पुँजीगत खर्च २० प्रतिशत पुग्न सकेको छैन ,उद्दोगहरु रुग्ण हुने क्रम वढदोछ, वैदेशिक रोजगारमा गएका युवायुवती अलपत्र परेका छन । यि सरकार कै तथ्याकंहरु हुन ,आाफ्नै तथ्याकंलाई छलेर कुरा गर्नु नैतिकवान हुदैन । वरु गर्न नसकेको कुरा भन्नु र नागरिकको आक्रोसलाई मनन गरेर आफुलाई सुधार्नु नै नैतिकवान सरकारको दाइत्व हुन्छ । जे.एस.मिलका अनुसार सरकारले आफ्नो गल्ती प्रतिको आलोचना सहन गर्न सक्ने तागत देखाउनुु नै नैतिक सरकार हो ।

नागरिकको प्रभाव वुझनका लागि सिमिति कार्यकर्ता नामका आफ्ना आसेपासेको घेरावाट वाहिर निस्कन सक्नु पर्दछ । घट्ना र परिस्थितिको आँकलन गर्ने, हुदै नभएको कुरा भन्ने भन्दा नैतिक रुपमा वरु गर्न नसकेको स्विकार्नेलाई इमान्दारीको रुपमा लिन सकिन्छ । यि आक्रोसका अभिब्यक्तिहरु समयमा नै ब्यवस्थापन नगर्ने हो भने अलगावको अवस्था नआउला भन्न सकिदैन ।

कार्ल माक्सले पुँजीवादमा सामाजिक सम्वन्धहरु वस्तुकरण हुने कारणले सम्पुर्ण मानवको सामाजिक जीवन नै वस्तुकरण हुन पुग्छ भनेका छन । यस्तै माक्सवादी दृष्टिकोणको मुख्य चासोको रुपमा अलगाव रहेको छ । श्रमिकहरुले आफ्नो श्रमवाट निर्मित वस्तुहरुमा आफ्नो योगदान महसुस गर्दैनन र उनीहरुमा अलगाव पैदा हुन्छ भनेका छन । अलगाव छुट्टीनु हो आफ्नो कुनै योगदान नदेख्नु हो । जव घृणा पैदा हुन्छ अथवा आफुले विश्वास गरेको वस्तुले आफैलाई धोका दिन्छ त्यस्तो अवस्थामा उसप्रति एकाकार भइरहनुको कुनै अर्थ हुदैन। त्यस्तै नेतृत्व निर्माणमा समेत नागरिकको श्रम लागेको हुन्छ । नागरिकको अथाह श्रम र लगावका कारण नै नेतृत्व वनेको हुन्छ । तर हिजो आज तिनै नेतृत्वका वारेमा आम मानिसहरु टिप्पणी गर्न चाहदैनन । सवैले भन्न सक्दैनन तर लाग्छ तिनका मनमा नेतृत्व प्रति ठुलो घृणा छ । लाग्छ नेतृत्व प्रति भर गर्दा गर्दै धेरै दुःख वेहोर्नु परेको छ । दावेदारहरु आफ्नो समिक्षा गर्न ऐना हेर्नु भन्दा निर्वाचनमा टिकट पाउनका लागि शक्तिको श्रोत जनता संग जाने हैन शक्ति केन्द्रमा धाउन ब्यस्त छन । यसले थप आक्रोस पैदा गरेको छ , यस्तै कायम रहे दीर्घकालमा अलगाव तिर जाने देखिन्छ ।

के यो अस्तित्वको राजनीति हो ? जहाँ आफ्नो सत्तालाई खतरा पार्न सक्ने चुनौतिपूर्ण सामाजिक संगठनहरुलाई मत्थर पार्ने प्रयास गरिन्छ । आफ्नो अस्तित्व टिकाइ राख्नका लागि आफ्ना अन्धसमर्थकहरुलाई आफ्नो उत्तराधिकारी वनाइन्छ। उम्मेदवार उठने भनेकालाई जनताको तहमा स्विकार नगरे पनि शक्ति केन्द्रवाट अनुमोदित गराइन्छ । यो किन गरिन्छ भने छनौटको स्वतन्त्रता वन्द गरेपछी जनता विकल्पविहिन हुन पुग्दछन । नोभोटको ब्यवस्था गरिदैन खाए खा नखाए घिच भनिन्छ । यसले आम मानिसमा आक्रोस मात्र पैदा गरे त कुनै कालखण्डमा करिस्मेटिक नेतृत्व आए ब्यवस्थापन होला नत्र अलगावमा जाने खतरा हुन्छ । ख्याल गरौं आक्रोस ब्यवस्थापनमा ध्यान दिए अलगाव सम्म पुग्न पर्दैन । विकास सम्वृद्धी जे सुकै भने पनि गन्तब्य त्यतातिरको देखिदैन । गन्तब्य तय गरौं , आक्रोसको ब्यवस्थापन गरौं अलगावको गन्तब्य नरोजौं ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: