यदाकदा कथा कविता लेख्छु’

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार ११:५४


cdo

का गहन मन्तव्य कार्यव्रmमहरूमा सुन्न पाइन्छ । उनी फेसबुकमा भावपूर्ण अभिव्यक्ति प्रकट गर्छन् । एउटा प्रशासक भएर पनि उनीभित्र सिर्जनात्मक क्षमता भएको यसबाट छनक पाइन्छ । पुस्तकका वारेमा उनको धारणा के छ त ? प्रस्तुत छ–लोकतन्त्र पोस्टको शनिवार विशेषाङ्कका लागि प्रजिअ पौडेलसँग गरिएको ‘पुस्तक वार्ता’ ः–

१. कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
तत्काल कृणप्रसाद भण्डारी मार्सेलीद्वारा लिखित ‘पीडामा उपभोक्ता’ नामक पुस्तक पढ्दैछु ।

२. कस्ता पुस्तक बढी मन पर्छ ?
भेटेसम्म सबै प्रकारका पुस्तक पढ्छु । तर विशेषतः साहित्य र दर्शनसँग सम्बन्धित पुस्तक पढ्न मन लाग्छ ।

३. मन परेको नेपाली लेखक ?
धेरै छन् तर वीपी कोइराला, पारिजात र शङ्कर लामिछानेहरूका कृतिहरू मन पर्छन् । भाषा, शैली, शिल्प र विषयवस्तुका हिसावले अत्यन्त महत्वपूर्ण, युगजयी कृति लाग्छन् उहाँहरूका ।

४. अरुहरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नु हुन्छ ?
राष्ट्रि«यता, आफ्नोपनमाथि गर्व गरेर लेखिएका कृतिहरू पढ्न सुझाव दिन्छु । मुख्यतः ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ उपयुक्त ठान्दछु अहिलेको परिवेशमा ।

५. पुस्तक खरिदमा मासिक वा वार्षिक कति खर्च गर्नु हुन्छ ?
पुस्तक खरिदमा आजभोलि अत्यन्त न्यून खर्च गर्छु । यदाकदा चर्चित पुस्तक किन्छु । ठ्याक्कै यति नै भन्ने छैन ।

६. पुस्तक पढ्ने तपाइको समय कुन हो ?
मूलतः लेखपढको काम बेलुका गर्छु ।

७. किनेका र प्राप्त भएका पुस्तकलाई कहाँ सङ्ग्रह गर्नु हुन्छ ?
किनेका, प्राप्त भएका पुस्तकहरू घरमै व्यवस्थापन गरेर राखेको छु ।

८. पढ्न मन लागिरहेको पुस्तक ?
एकपटक धेरै पहिले पढेको र फेरि पढ्न मन लागेको पुस्तक खप्तड स्वामीद्वारा लिखित ‘विचार विज्ञान’ हो । आफुसँग नभएकाले खोजीमा छु ।

९. आफै पुस्तक लेख्ने बारे के सोचाई छ ?
लेख्ने बानी धेरै छैन । यदाकदा कथा कविता लेख्छु । तर धेरै पातलो । दैनिकी लेख्छु । तर किताव लेख्ने सोच तत्काललाई राखेको छैन । सायद कार्य प्रकृतिले साथ दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: