यन्त्रबाट धान रोपाइँ

  प्रकाशित मिति
१ चैत्र २०७२, सोमबार १४:३७


goldhap

भद्र्पुर, १ चैत । झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत आज यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ ।

बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गरेका थिए । प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उत्पादकत्व बढाउने, खाद्यान्नमा परनिर्भरता हटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

गोलधाप गाविस– ४, ५, ६, ७ र ८ का करिब एक हजार ५०० कृषकले ९०० बिघा खेतमा अहिले लगाउने चैते धान हल्दिनाथका लागि कृषि विकास कार्यालयको अनुदान सहयोगमा रु छ लाखमा सो यन्त्र ल्याइएको हो ।

सो अवसरमा निर्देशक भण्डारीले नेपालमा परम्परागत खेतीका कारण कृषकले मनग्य आम्दानी लिन नसक्ने भएकाले आधुनिक प्रविधिको आवश्यकता बढ्दै गएको बताए । प्रजिअ भुजेलले कृषकले आधुनिक परम्पराबाट खेती गर्न सकेमा कृषिबाट प्रशस्त आम्दानी हुने र यसैबाट राष्ट्र समृद्ध हुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: