विर्तामोड, २१ फागुन । झापाको विर्तामोड नगरीमा मेची अञ्चलकै पहिलो ‘सूचना प्रविधि मेला’ सुरु भएको छ ।
कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान फेडेरेसन)को आयोजनामा कन्काई फाउन्डेसनको परिसरमा शुव्रmवार एक आकर्षक समारोहवीच सूचना तथा सञ्चार मन्त्री शेरधन राईले स्वीच अन गरेर मेलाको उद्घाटन गरे ।
‘सुविसु क्यान इन्फोटेक झापा–२०१६’ नामाकरण गरिएको मेलामा ५० भन्दा बढी स्टल राखिएका छन् । स्टलमा सूचना प्रविधिको क्षेत्रमा आविष्कार भएका नयाँ नयाँ उपकरणको प्रदर्शनी गरिएको छ ।
उद्घाटन कार्यव्रmममा क्यान महासङ्घ झापाका अध्यक्ष भूपेन्द्र मैनालीले सभापतित्व गरेका थिए भने सचिव लक्ष्मीकान्त खनालले स्वागत भाषण गरेका थिए ।
कार्यव्रmममा सूचना तथा सञ्चार मन्त्री शेरधन राई, क्यान महासङ्घका केन्द्रीय सदस्य तथा मेलाका संयोजक दीपेश पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्यान महाङ्घका केन्द्रीय अध्यक्ष विनोद ढकाल, झापाका प्रजिअ मदन भुजेल, जिशिअ डिल्लीराम लुइँटेल, एसएसपी केदार रिजाल, नेपाली सेनाका गणपति खेमनारायण पौडेल, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, कनकाई फाउन्डेसनका संस्थापक जयनारायण ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
मेला फागुन २५ गतेसम्म चल्ने छ । मेलामा रहेका केही स्टल र नयाँ प्रविधिको विशेषता यस प्रकार रहेका छन् ।
==============================================================================
लोडसेडिङ प्रुफ टीभी
(स्टल नं.S–5)
क्वालिटी कम्प्युटर विर्तामोडको यो स्टलमा १४ हजार र २० हजार मूल्य पर्ने टेक्नोस ब्राण्डका चाइनिज टीभी प्रदर्शनी तथा विव्रmीमा राखिएका छन्, जसलाई विद्युत लोडसेडिङ भएका बेला पनि चलाउन सकिन्छ । प्रबर्धक दुर्गादेवी प्रसाईका अनुसार विद्युत आएका बेला चार्ज हुने यो टीभी लोडसेडिङका बेला ३ घण्टासम्म चलाउन सकिन्छ । यसमा इन्भर्टर वा अन्य व्याट्री जोडिरहनु पर्दैन । स्टलमै किन्न चाहनुहुन्छ भने २० प्रतिशत छुट दिइने प्रसाईले बताइन् ।
============================================================================
सामसुङको लेटेस्ट सेलफोन
(स्टल नं.L–5)
विर्तामोडको पाथिभरा इम्पेक्सले यस स्टलमा सामसुङको लेटेस्ट सेलफोन (वज्ञ लहत, मोडल नं. वज्ञण्छज) प्रदर्शनीमा राखेको छ । जो मेला सुरु भएकै दिन मेची अञ्चलमा लन्च भएको सेल्स एक्ज्युकेटिभ्स राज श्रेष्ठले बताए । यसको एमआरपी मूल्य ९ हजार ४ सय ९० रुपैयाँ रहेको छ । तर स्टलमै आएर किन्नेले ८ जीवीको मेमोरीसहित ९ हजार १ सय रुपैयाँमै पाउने बताइएको छ ।
=============================================================================
एक्स्पर्टको ग्राण्ड डिस्काउन्ट
(स्टल नं.A–7)
अस्ट्रेलियामा पढ्न चाहनेका लागि परामर्श सेवा ऊलब्ध गराउँदै आएको एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले भिजिटरलाई क्ष्भ्ीत्क् को पढाइमा ५० प्रतिशत र अस्ट्रेलिया जान चाहनेले स्पट एप्लाई गरेमा सर्भिस चार्जमा पनि ५० प्रतिशत छुट दिने विर्तामोडका कार्यालयका मेनेजर कृष्ण खतिवडाले बताएका छन् । यहाँ एक्स्पर्टका ६ जना स्टाफ स्पट काउन्सिलिङका लागि खटिएका छन् ।
===============================================================================
एटीएम कार्ड तत्कालै
(स्टल नं.R–14)
एक्सेल डेभलपमेन्ट बैङ्कले राखेको यस स्टलमा भिजिट गर्न आउनेले २ सय रुपैयाँ पर्ने एटीएम कार्ड १ सय ५० रुपैयाँमा तत्कालै पाउने व्यवस्था मिलाइएको सीइओ दिनेशप्रसाद पोखरेलले जानकारी दिएका छन् । एसएमएस÷मोवायल बैङ्किङ सेवा लिन ५ सय रुपैयाँ लाग्ने गरेकोमा मेलामा २ सय रुपैयाँमै पाउने अवसर दिइएको छ ।
================================================================================
चार्जेवल बल्भ
(स्टल नं.B–3)
एनसीजी इन्टरप्राइजेजको यस स्टलमा ५ र ७ वाटका चार्जेवल बल्भ पाइन्छ । ६ सय ५० र ७ सय ५० रुपैयाँमा पाइने यी एलइडी बल्भहरू विद्यसत आएका बेला चार्ज हुन्छन् र लोडसेडिङका बेला आफै बल्ने मेनेजिङ डाइरेक्टर वीएल चौधरी बताउँछन् । यस्तो बल्भ नेपालमा उत्पादन भएको एक बर्ष भए पनि झापाको बजारमा पहिलोपल्ट आएको हो ।
==============================================================================
झापाकै विद्यार्थीले बनाएको एप
(स्टल नं.द्य–ट)
गोमेन्द्र कलेजका भूपू विद्यार्थीहरू निर्माण गरेको झापा इन्फो नामक एप्लीकेसन यस स्टलमा विव्रmी वितरण भइरहेको छ । स्टलकी प्रबर्धक श्वेता तामाङका अनुसार कलेजले यसै बर्षदेखि लन्च गर्न लागेको चार्टर एकाउन्टेन्ट लगायतका विषयको पढाइका बारेमा स्टलमा जानकारी लिन सकिन्छ ।
===============================================================================
मोवायलको लक खुलाउन आउनुस्
(स्टल नं.L–12)
विर्तामोडको द मोवायल सपले सञ्चालन गरेको यस स्टलमा विभिन्न कारणले लक भएका मोवायल खुलाउने डिभाइस राखिएको छ । भोल्क्याने बक्स, जेड थ्री वक्स, अक्टोपस बक्स आदि डिभाइस यहाँ प्रदर्शनी तथा विव्रmीमा राखिएका छन् । प्रोपाइटर सन्तोष प्रसाईले स्टलमा आएर स्टाम्प लागेको भिजिटिङ कार्ड लान पाउँछन् । जसका कारण विर्तामोडको पसलमा मोवायलको सेटबाहेकको कुनै पनि सामान किन्दा २० प्रतिशत छुट पाइन्छ ।
==============================================================================
चोर पव्रmाउने उपकरण
(स्टल नं.L–0)
दमकको टेक सोलुसनले राखेको यस स्टलमा चोरले छुनासाथ साइरन बज्ने ढोका र सटरका चावी प्रदर्शनीमा राखिएका छन् । सटर साइरनले चोर आएको बेला सटरधनीलाई मोवायलबाट रिङ बजाएर जानकारी दिने सीइओ कृष्ण अधिकारी बताउँछन् ।
===============================================================================
स्पटमै एडमिसन
(स्टल नं.R–9/10)
निधि ग्रुपले सञ्चालन गरेको एनजीओआइएमइ प्रालिको यस स्टलमा बङ्गलादेश, फिलिपिन्स, चीन, डेनमार्क, युके, क्यानडा लगायतका मुलुकमा एमवीवीएस पढ्न जानेका लागि स्पटमै काउन्सिलिङ र एडमिसन गर्ने व्यवस्था मिलाइएको सीइओ दीवाकरलाल चौधरी बताउँछन् ।
==============================================================================
क्याम्व्रिजको आकर्षक सेवा
(स्टल नं.R–2)
विर्तामोडको क्याम्ब्रिज इन्स्टिच्यूट अफ टेक्नोलोजीले यस स्टलमा बेङ्लोर, सिमला, सिलिगुडी लगायतका कलेजमा इन्जिनियरिङ, नर्सिङ, होटल मेनेज्मेन्ट, हवाई उडान सम्बन्धी पढाइ हुने विषयमा सम्पूर्ण जानकारी दिने गरी काउन्सिलिङ सेवा प्रदान गरिरहेको सीइओ सिमरन सिम्खडाले जानकारी दिएकी छन् ।
=============================================================================
सहारा नेपालको सेवा
(स्टल नं.R–13)
सहारा नेपाल विर्तामोडको यस स्टलमा प्रोजेक्टरका माध्यमले भिजिटरलाई संस्थाका विभिन्न गतिविधि अवगत गराइने गरिएको छ । ‘जीवन वरदान’ लगायतका संस्थाका विभिन्न स्कीमका बारेमा प्रोग्राम मेनेजर पुष्पाञ्जलि सिन्हाबाट यहाँ जानकरी लिन सकिन्छ ।
=============================================================================
बोस्टनको डिस्काउन्ट कुपन
(स्टल नं.R–13)
विर्तामोडको बोस्टन एजुकेसन फाउन्डेसनले राखेको यस स्टलमा भिजिटरले एउटा कुपन पाउँछन् । जसका कारण संस्थाले चलाउने व्रिज कोर्स, स्टाफ नर्स, एचए, ल्याव, अप्थोनोलोजी लगायतका तयारी कक्षामा १० प्रतिशत सीधा छुट पाइने अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए । जापान, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा पढ्न जान चाहनेले स्पट एडमिसन गरेमा २० प्रतिशत छुट पाउँछन् ।
============================================================================
इलेक्ट्रोनिक सामानका लागि न्यू क्वालिटी
(स्टल नं.A–3/4]
विर्तामोडको मेगा कम्प्लेक्समा रहेको न्यू क्वालिटी कम्प्युटर पसलले सञ्चालनमा ल्याएको यस स्टलमा हाजिरी मेशिन, सीसी क्यामेरा, स्कुल सफ्टवेयर, युपीएस, इन्भर्टर, पेन ड्राइभ, टीभी, एन्टीभाइरस लगायतका इलेक्ट्र«ोनिक सामान १० प्रतिशत छुटमा खरिद गर्न पाइने एमडी कमल सिग्देलले जानकारी दिएका छन् ।
============================================================================
एनसेलको पाँच प्रश्न
(स्टल नं.A–13/B 13)
एनसेल कम्पनीले राखेको यस स्टलमा उसका ग्राहकलाई पाँच प्रश्नका उत्तर मागिन्छ । जवाफ मिलाउनेले २० एमवीको डाटा फ्रिमा पाउने एनसेलका मेची इञ्चार्ज प्रवीण गिरीले बताएका छन् । यहाँ थ्रीजी इन्टरनेट सेवाको टेस्ट गर्न पाइने व्यवस्था पनि छ ।