यस्तो पो होस् बधाइ

  प्रकाशित मिति
२४ असार २०७४, शनिबार २३:५६


durga meenaमेचीनगर । मेचीनगरको मेयर र उपमेयरमा उपविजयी भएका उम्मेद्वारहरुले बिजयी हुनेहरुलाई भेटेरै बधाइ दिएका छन् ।

मेयरमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी बनेका छन् भने नेकपा एमालेका विष्णु प्रसाई उपविजयी बनेका छन् ।

एमाले नेता प्रसाईले शनिवार काँकरभिट्टास्थित आचार्य निवासमै पुगी नवनिर्वाचित मेयर विमल आचार्यलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।
यसैगरी, उपमेयरमा नेकपा एमालेकी मीना उप्रेती विजयी र नेपाली काङ्ग्रेसकी दुर्गा खतिवडा उपविजयी बनेकी छन् ।

खतिवडाले शुक्रवार राति चुनावको मतगणना सकिने वित्तिकै नगरापालिका भवन पुगी नवनिर्वाचित उपमेयर उप्रेतीलाई अङ्गालो हालेर बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएकी छन् ।

चुनावमा आआफ्नो पार्टीको प्रचारमा लागे पनि परिणाम आइसकेपछि निर्वाचित हुनेलाई प्रतिष्पर्धी उम्मेद्वारले बधाइ दिँदा असल राजनीतिक संस्कार निर्माणमा सघाउ पुगेको छ ।

bisnuयसअघि दोस्रो संविधानसभाको चुनावमा पनि बिजयी बनेका एमालेका रविन कोइरालालाई मतगणनास्थलमै अङ्गालो हालेर प्रतिष्पर्धी उम्मेद्वार काङ्ग्रेसका विश्वप्रकाश शर्माले बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: