यस्तो हुनुपर्छ मेचीनगरको मार्गचित्र

  प्रकाशित मिति
२३ श्रावण २०७४, सोमबार १०:४१


mechi ofc
दुवै चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । केन्द्रमा रहेको शासनाधिकार स्थानीय तहमा झरेको छ  । स्थानीय तहलाई बलियो बनाउन विस्तारै थप अधिकारहरु स्थानीय तहमा स्थानान्तरण हुँदैछन् । स्वास्थ्य, शिक्षा, रोजगारी तथा विकासनिर्माणले गति लिने कुरामा जनता आशावादी रहेका छन् । स्थानीय सरकारले त्यसलाई कसरी सम्वोधन गर्छ त्यो हेर्न बाँकी नै छ । विगतका तुलनामा नेपाली जनता राजनीतिक रुपमा सचेत भएका छन् । हरेक सार्वजनिक कुरामा चासो राख्नुका साथै सहभागिता उनीहरुले खोज्नेछन्, जुन विकासनिर्माण र अग्रगमनका लागि अपरिहार्य छ । भनिन्छ, विकासनिर्माण र सुशासनका लागि विरोधी बेञ्चको आवश्यकता हुन्छ । स्थानीय तहलााई भ्रष्टाचार, नातावाद र कृपावादबाट जोगाउन नगरवासीले सृजनात्मक रुपले त्यस बेञ्चमा बस्न जरुरी छ । हुनत प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै एक पदमा एक दलले जीत हासिल गरेको छ भने अरु दलले पराजय भोगेका छन् । तिनै पराजित दलले ‘वाचडग’को काम अवश्य गर्नेछन् तर पनि जनताले सचेत बन्नुपर्ने हुन्छ ।

मेचीनगरपालिका पूर्वी नेपालको एक सुन्दर अनि विकासको सम्भावना बोकेको नगरपालिका हो । यसले गर्ने सर्वाङ्गीण विकास र सुशासनका आधारमा यो नगरपालिका भोलिको उपमहानगर पालिकाको बाटोमा अगाडि बढ्नेछ । त्यसका लागि अबको नेतृत्वले सुझबुझपूर्ण तरिकाले दीर्घकालीन नगर विकासका योजना बनाउनुपर्ने हुन्छ । जुन पाँच वर्षमा पूरा नभए पनि त्यसले स्पष्ट विकासको मार्गचित्र कोर्न सकोस् र दूरगामी प्रभाव जगाउन सकोस् । पाँच वर्षपछिका निर्वाचित प्रतिनिधिले त्यसै योजनाभित्र बसेर काम गर्न सकून् । त्यसो गर्न सके अरुले सुरु गरेको राम्रो कामको अनुशरण गर्ने संस्कारको पनि विकास हुनेछ, जुन हाम्रो समाजमा बिरलै देख्न पाइन्छ । मेचीनगरलाई अबको दश वर्षमा नमूना नगरका रुपमा लैजान निम्न कुरालाई आधार मानी अगाडि बढ्नुपर्ने देखिन्छ ः

शैक्षिक गुणस्तरको खोजी
मानव सभ्यताको लागि स्वयम् मानवले नै विकास, विस्तार र सिर्जना गर्दै आएको सम्पत्ति नै शिक्षा हो । देशका सम्पूर्ण पक्षको विकासका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ । त्यहाँको जनशक्ति कस्तो प्रकारको छ भन्ने कुरा त्यहीँको शैक्षिक गुणस्तरले निर्धारण गर्दछ । त्यसैले प्रत्येक राष्ट्रले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको हुन्छ ।
मेचीनगर नगरपालिकालाई समृद्ध अनि विकसित तुल्याउन यहाँको शैक्षिक स्तरलाई माथि उठाउनु जरुरी छ । मेचीनगरभित्रका सामुदायिक विद्यालयको वार्षिक परीक्षाफल त्यति सन्तोषजनक छैन । गुणस्तरीयताका दृष्टिले पनि हामी पछाडि छौँ । च्याउसरि उम्रिएका अङ्गे्रजी माध्यमका निजी विद्यालयमा जसरी भए पनि छोराछोरी पढाउनु पर्ने संस्कृतिको विकास भइरहेको छ । यहाँका सामुदायिक विद्यालयमा दिनप्रतिदिन विद्यार्थी सङ्ख्या घट्दो छ भने निजी विद्यालयमा छोराछोरी पढाउन नसक्ने अभिभावकले हिनताबोध गर्नुपर्ने अवस्था सृजना भएको छ । यसले स्पष्ट रुपमा शैक्षिक केन्द्रलाई दुई भागमा विभक्त गर्दै लगेको छ । आर्थिक रुपमा पछाडि परेका चिया मजदुर तथा घरमा काम गर्न राखेका बालबालिकाका लागि मात्र सरकारी विद्यालय हो भन्ने आम धारणा बन्दै गएको छ । यस किसिमको असमानतालाई कम गर्न सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि नगरस्तरबाटै विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । त्यसका लागि भवन, शैक्षिक सामग्री, दक्ष एवम् तालिम प्राप्त शिक्षक तथा सिकाइ वातावरणलाई प्राथमिकताका साथ हेर्नुपर्दछ । व्यवस्थापन समितिलाई पार्टीगत भागबण्डाभन्दा माथि राखेर शैक्षिक उन्नयनमा टेवा दिन सक्ने अनुभवी व्यक्तिको चयन गर्न सके शैक्षिकस्तर माथि जान सक्छ । सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकलाई जसरी सम्मानका साथ हेरिन्छ, त्यसरी नै विद्यार्थीलाई पनि सरकारी विद्यालयमा पढ्दा गर्वानुभूति हुनुपर्दछ । त्यसको एक मात्र बाटो भनेको शैक्षिक गुणस्तरमा वृद्धि नै हो ।

मेचीनगरभित्र आज पनि विद्यालय नजाने, गए पनि प्राथमिक तह पनि पूरा नगरी विद्यालय छाड्नेको सङ्ख्या ठूलो छ । त्यसको तथ्याङ्क सङ्कलन गरी विद्यालय नजानु र बीचमै विद्यालय छाड्नुका कारण खुट्याउनु पर्छ । चिया मजदुरका छोराछोरी माछा मारेर अनि वस्तु चराएर अमूल्य समय व्यतित गरिरहेका छन् । त्यसैगरी, गाडीमा काम गर्ने खलासी, विभिन्न इटाभट्टा तथा घरायसी कामदारका रुपमा रहेका बालबालिकाहरु पनि शिक्षाबाट बञ्चित छन् । त्यस्ता बालबालिकालाई प्राथमिकताका साथ खोजी गरी विद्यालयसम्म ल्याउन सके सबै बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुने थिएनन् । सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरे पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन । पाठ्यव्रmम विकास केन्द्रले निर्माण गरेको पाठ्यव्रmमको पाठ्यभार न्यूनतम २२० दिन तोकेको भए पनि सरदर १९० दिनभन्दा माथि पठनपाठन हुनसकेको पाइँदैन । राजनीतिक दलका बन्द हड्ताल अनि विभिन्न जनचेतनामूलक कार्यव्रmममा विद्यार्थी सहभागी गराइँदा पनि तोकिएको समय पूरा हुन नसकेको देखिन्छ । अब मेचीनगरभित्रका विद्यालयलाई त्यस प्रकारका गतिविधिबाट अलग राख्दै शैक्षिक उन्नयनका लागि अग्रसर गराउन नगरपालिकाले विशेष भूमिका खेल्नु पर्दछ भने सरोकारवाला सबैले त्यसलाई सहयोग गर्नुपर्ने देखिन्छ ।

मेचीनगरभित्र विज्ञान विषय पढ्न चाहनेका लागि उपयुक्त एउटा पनि उच्च माध्यमिक विद्यालय छैन । त्यसैगरी, प्राविधिक उच्च माध्यमिक विद्यालयका रुपमा उभ्याइएको धुलाबारी उच्च माध्यमिक विद्यालयले पनि विद्यार्थी आकर्षित गर्नसकेको छैन । त्यसैकारणले विद्यार्थीले नचाहेरै पनि अरु विषय पढ्नुपर्ने अवस्था छ । आफ्नो रुचिको विषय पढ्न नपाउँदा कतिपय विद्यार्थीले बीचमै पढाइ छोडेको पाइन्छ । कतिपय अभिभावकहरुको आर्थिकस्थिति नाजुक भएकैले पनि आफ्ना छोराछोरीले चाहेको विषय पढाउन पाएका छैनन् । त्यसका लागि मेचीनगरले त्यस्ता जेहेनदार विद्यार्थीहरुको पढाइको चाहना पूरा गर्न छात्रवृत्ति कोषको स्थापना गर्नुका साथै प्रयोगशालासहितको कम्तीमा एक विज्ञान उच्चमाध्यमिक विद्यालय स्थापनाका लागि पहल गर्नुपर्ने देखिन्छ । मेचीनगरमा रहेका राजवंशी, सतार, उराउ, झाँगड, मेचे, धिमालजस्ता आदिवासीका बालिकाहरुका लागि पनि विशेष कार्यव्रmम ल्याउनु पर्दछ । सरकारले तोकेबमोजिम उपलब्ध गराउनु पर्ने निश्चित छात्रवृत्ति पनि यहाँका निजी विद्यालयले लक्षित वर्गलाई उपलब्ध गराएका छैनन् । त्यसलाई पनि नगरपालिकाले अनुगमन गरी लक्षित वर्गसम्म पुर्याउनुपर्ने हुन्छ । सूचना प्रविधिको विकास र विस्तारसँगै आजका विद्यार्थीमा पठन संस्कृतिमा ह्रास आएको छ । पत्रपत्रिका पढ्ने अनि पुस्तकहरु अध्ययन गर्ने बानी हट्दै गएको छ । त्यसैले बालबालिकालाई ज्ञानविज्ञानका क्षेत्रमा अगाडि बढाउन ठाउँ–ठाउँमा पुस्तकालयहरु स्थापना गर्नुपर्छ । आजका यहाँका विद्यार्थी भोलिको मेचीनगरका मात्र नभई राष्ट्रका संवाहक भएकाले शैक्षिक क्षेत्रमा मेचीनगरले विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ । त्यसो गर्नसके भोलिको मेचीनगर ज्ञान विज्ञानका क्षेत्रमा अगाडि बढ्नेछ ।
स्वास्थ्य क्षेत्रमा लगानी

स्वास्थ्य नै मानिसको पहिलो धन हो । स्वस्थ मानिसले मात्र विकासनिर्माणका हरेक क्षेत्रमा राम्ररी भूमिका खेल्न सक्दछ । त्यसैले सहज रुपमा स्वास्थ्यसेवा पाउनुलाई जनताको मौलिक हकका रुपमा राखिएको छ ।
मेचीनगर नगरपालिकालाई समृद्ध बनाउनका लागि यहाँको जनशक्ति स्वस्थ हुनु जरुरी छ । आजको अप्राकृतिक अनि विषादीयुक्त भोजनले मानव स्वास्थ्यमा दिनप्रति दिन नकारात्मक असर गरिरहेको छ । त्यसैले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यका लागि ठुलै रकम छुट्याउनु पर्छ । मेचीनगरभित्र विशेषज्ञसहितको एउटा पनि अस्पताल छैन । सानोतिनो रोगको निदानका लागि पनि कि त पारी तर्नुपर्ने कि अन्यत्र जानुपर्ने अवस्था रहेको छ । त्यसैले यहाँका जनताले निक्कै दुःख पाइरहेका छन् । त्यसको एक मात्र समाधानका लागि भौतिक पूर्वाधार सम्पन्न विशेषज्ञसहितको अस्पताल निर्माण गर्नुपर्ने हुन्छ । त्यसलाई विस्तारै शिक्षण अस्पतालमा विकास गरी अध्ययन अनुसन्धानमा समेत लाग्न सकियो भने मेचीनगरले स्वास्थ्य क्षेत्रमा त फड्को मार्ने नै छ त्यसका साथै यहाँका विद्यार्थीलाई चिकित्सा शास्त्र पढ्ने अवसर पनि मिल्नेछ ।
मेचीनगरभित्रका केही आँखा अस्पतालहरु आँखा उपचारका क्षेत्रमा प्रख्यात बन्दै गएका छन् जुन मेचीनगरका लागि गौरवको कुरा हो । नेपालीका लागि मात्र नभई भारतीयहरुको पनि अस्पतालप्रति विश्वास बढ्दै जानुले आँखा उपचारको क्षेत्रमा मेचीनगरले राम्रै फड्को मारेको देखिन्छ । ती अस्पतालहरुलाई अझ व्यवस्थित र विशेषज्ञसहित सेवाग्राहीप्रति उत्तरदायी बनाउन सकेको खण्डमा नमूना आँखा अस्पतालको रुपमा विकास गर्न सकिनेछ । त्यसमा नगरपालिकाले ती अस्पतालको स्तरोन्नति र प्रचारप्रसारका लागि सहयोग पुर्याउनु पर्छ  ।
अहिले नेपालमा स्वास्थ्य बिमालाई प्रोत्साहित गरिँदैछ, जुन सकारात्मक कुरा हो । मेचीनगरपालिकाले पनि यहाँका गरिब तथा विपन्न परिवारलाई लक्षित गरी स्वास्थ्य बिमाको कार्यव्रmमलाई अगाडि बढाउनुपर्ने देखिन्छ । नगरभित्रका सम्पूर्ण जनतालाई स्वास्थ्यप्रति सचेत गराउनका लागि स्वास्थ्य महोत्सव तथा स्वास्थ्य शिविरहरु राखेर समय–समयमा चेतना बाँड्नुपर्ने देखिन्छ ।
खेलकुदमा जोड
कुनै पनि क्षेत्रको उन्नति र प्रगतिको सूचक त्यहाँको खेलकुद पनि हो । खेलकुदले मानिसको शारीरिक तथा मानसिक विकासका साथै स्वस्थ रहन मद्दत गर्दछ । झापा जिल्ला व्रिmकेट, भलिबल तथा फुटबलका लागि उर्वर मानिन्छ । अन्य खेलकुद प्रतियोगिताहरु पनि विभिन्न समयमा यहाँ आयोजना गरिन्छन् । तर, ती खेलहरु मात्र औपचारिकतामा सीमित रहन्छन् । मेचीनगरबाट केही राष्ट्रिय खेलाडी छनोट नभएका होइनन् तर तिनले निरन्तरता पाउन सकेनन् । त्यसैले मेचीनगरले अब खेलकुदको पाटोलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि लैजानु पर्छ । मेचीनगर फुटबल तथा व्रिmकेटका लागि नेपालका लागि मात्र नभएर भारतको सिलिगुडी, सिक्किम तथा दार्जीलिङको पनि केन्द्र बन्न सक्छ ।
खेकुदको विकासका लागि मेचीनगरमा एउटा पनि राष्ट्रियस्तरको रङ्गशाला छैन । कम्तिमा एउटा राष्ट्रियस्तरको रङ्गशाला निर्माणलाई मेचीनगरले पहिलो सूचीमा राख्नुपर्छ । त्यसका साथै अहिले विभिन्न स्थानमा रहेका मैदानहरुको स्तरोन्नति गरी कम्तीमा एक वडामा एक मैदान निर्माण गर्नुपर्दछ । वार्षिक रुपमा गरिने खेलकुद सप्ताहलाई नगरपालिकाको क्यालेण्डरमै समावेश गरी यहाँ रहेका विद्यालयलाई पनि खेलकुदका कार्यव्रmमहरु आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि अनुरोध गर्नुपर्दछ । मेची नगरमा रहेका पन्ध्र वडाका बीच समय–समयमा फुटबल, भलिबल तथा व्रिmकेट प्रतियोगिता गरी प्रतिस्पर्धा गराउन सकेको खण्डमा मेचीनगरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने छ ।
खेलकुद स्वास्थ्यको आधार पनि हो । युवावर्गमा खेलकुलप्रति ज्यादै लगाव रहेको हुन्छ तर उपयुक्त वातावरण तथा स्थानको अभावका कारण भएको जोस एवम् जाँगर मर्दै जान्छ । त्यस किसिमको खेलकुदप्रतिको उर्जाशील तत्परतालाई मर्न नदिन नगरपालिकाले भूमिका खेल्नुपर्ने हुन्छ । अबका दिनमा मेचीनगरबाट नगरस्तरीय टोली (टिम)को चयन गरी अन्यत्र प्रतिस्पर्धामा पठाउनु पर्छ, जसले नगरपालिकाको गरिमालाई माथि उठाउने छ । मेचीनगरभित्रका सुषुप्त अवस्थामा रहेका विभिन्न क्लबहरुलाई केही आर्थिक सहयोगका साथ ब्यूँताउन सकियो भने खेलकुदका क्षेत्रमा ती क्लवहरुलाई उभ्याउन सकिन्छ ।

व्यावसायिक कृषिमा जोड
‘रोजगार खोज्ने होइन, सृजना गर्ने हो’ भन्ने अभियानका साथ मेचीनगरले युवाहरुलाई आधुनिक तथा व्यावसायिक कृषिमा आकर्षित गर्नुपर्दछ । मेचीनगरको जमिनको उर्वराशक्ति बलियो छ । आफ्नो श्रम बिव्रmी गर्न खाडीमा भौँतारिने यहाँका युवाहरुलाई व्यावसायिक कृषिमा आकर्षित गर्न सकेको खण्डमा विस्तारै हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ । नेपालमै सबैभन्दा बढी धान फल्ने जिल्लाका रुपमा परिचित भएर पनि हाम्रो जिल्लाले ठुलो मात्रामा भारतबाट चामल आयात गर्ने गरेको छ । त्यसैगरी, साठी प्रतिशतभन्दा बढी तरकारी पनि पारीबाट नै आउँछ ।

जबसम्म हामी कृषिजन्य कुरामा आत्मनिर्भर हुन सक्दैनाँै, तबसम्म आर्थिक रुपले सम्पन्न बन्न सक्दैनौँ । त्यसैले आर्थिक फड्को मार्नका लागि हामीले व्यावसायिक कृषिमा युवाहरुलाई आकर्षित गर्नैपर्छ । कृषिमा युवाहरुलाई आकर्षित गर्न सर्वप्रथम उनीहरुलाई कृषिबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने भरोसा दिलाउनु पर्छ । त्यसका साथै व्यावसायिक तालिमको अवसर दिई सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सकेमा कृषिमा आकर्षण बढ्न जान्छ । कृषि समूहको निर्माण गरी उत्कृष्टताका आधारमा अनुदानमा बढोत्तरी गर्न सके प्रस्पिर्धाका आधारमा व्यावसायिक कृषि अगाडि बढ्ने छ । उत्पादित वस्तुको बजारीकरणमा पनि नगरपालिकाले विशेष ध्यान पुर्याउनु पर्छ । नगरभित्र उत्पादन भएका तरकारी तथा फलफूललाई विशेष ग्राह्यताका साथ नेपालका बजारमा उभ्याउनु पर्छ । उत्पादित वस्तु भारतीय बजारमा समेत निकासी गर्न सकिएमा आर्थिक उन्नतिमा टेवा पुग्नाका साथै अधिक विषादीयुक्त तरकारीको आायातमा कमी आउनेछ, जसले हामीलाई दोहारो फाइदा पुर्याउनेछ ।

त्यसैगरी, हाल मेचीनगरभित्र रहेका माछा फारम, कुखुरा फारम, गाई फारम, सँुगुर फारम तथा बाख्रा फारमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन कृषकहरुलाई प्रोत्साहित गर्नुपर्छ । त्यसका लागि सहुलियत ऋण तथा अनुदानलाई लक्षित वर्गसम्म पुर्याउनु पर्छ । पशु बिमालाई सहुलियत दर निर्धारण गरी अनिवार्य गर्न सकियो भने किसानले ठुलो घाटा बेहोर्नु पर्दैन । मेचीनगरमा उत्पादित दूधको बजार नेपाल मात्र नभई भारतसमेत रहेकाले गाई फारमलाई विशेष प्राथमिकता दिनु जरुरी छ ।

मेचीनगरमा फस्टाएका अन्य खेतीहरुमा सुपारी खेती, कटहर खेती रहेका छन् । खाली रहेका जग्गामा सुपारी तथा कटहर रोप्नसके आम्दानीको स्रोत बन्न सक्छ भन्ने कुरा कृषि कार्यव्रmममार्फत सबैमा पुर्याउनु पर्छ । सूचनाको एकरुपता र विश्वसनीयताका निम्ति नगर रेडियो स्थापना गर्नु पर्दछ । त्यसमार्फत कृषि कार्यव्रmमलाई प्रभावकारी रुपमा सबैमा पुर्याउन सकियो भने कृषकहरु लाभान्वित बन्नेछन् ।

अन्त्यमा, मेचीनगरको वृहत्तर विकास र समृद्धिका लागि सञ्चार, यातायात, पर्यटन तथा औद्योगीकरणलाई पनि समयव्रmमसँगै प्राथमिकतामा राख्नुपर्दछ । नगरविकासको गुरुयोजना निर्माण गरी अविलम्ब त्यसको कार्यान्वयनतर्फ जानसके हामी सुन्दर भविष्यतिर यात्रा गर्नेछौँ । कार्य सम्पादनका व्रmममा केही विरोधका स्वरहरु सुनिन सक्छन् । त्यसलाई चिर्दै विकासको सपना साकार पार्न निरन्तर अगाडि बढ्नु जरुरी हुन्छ । अहिलेको नेतृत्वले मेची नगरको विकासमा अहम् भूमिका खेल्न सक्छ भन्ने पूर्ण विश्वासका साथ जनताले मत दिएका छन् । पाँच वर्षपछि अर्को नेतृत्वलाई नगर हस्तान्तरण गर्दा स्पष्ट रुपमा दश वर्षपछिको समृद्ध मेचीनगरको प्रतिबिम्व देखिनु पर्छ । सम्पूर्ण विजयी प्रतिनिधिहरु हिजो कुनै पार्टीविशेषका थिए होलान् तर आज उनीहरु सबैका साझा नेतृत्वकर्ता भएका छन् ।
जनताको आशा र अपेक्षाअनुसार कार्य गरेर समग्र नगरको मुहार फेर्नुका साथै राजनीतिक रुपमा आफ्नो कद बढाउन सफल हुनुहोस् । निर्वाचित सबै प्रतिनिधिहरुलाई अग्रिम शुभकामना !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: