यही सालमा कृतिकार हुनेछु

  प्रकाशित मिति
२८ मंसिर २०७२, सोमबार ०४:५४


12314037_993598314020341_8029902024379628516_n

भद्रपुरमा बस्दै आएकी साहित्यकार खगेन्द्रा खुशी कविता सुनाउँदा स्रोतालाई धरुधुरु रुवाउने क्षमता राख्छिन् । प्रायः छन्दमा कविता रच्ने, र सुनाउने उनी विभिन्न पुरस्कारबाट समेत सम्मानित छिन् । भविष्यमा कृति लिएर देखा पर्ने घोषणा गरेकी उनीसँगको पुस्तक बार्ता ।

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
पहिला आधा पढेर छोडेको हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ हिजो मात्रै पढिसकें । गम्भिर र भावुक कुरालाई पनि रमाइलो पाराले प्रस्तुत गरिएको सामान्य सरल बोलाइको भाषामा लेखिएको ‘चिना हराएको मान्छ’े पढ्ने मान्छेलाई पढुन्जेल दिक्क नलाग्ने रहेछ । अन्त्य तिर भने निकै भावुक बनायो ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
आत्मकथा, र जीवनी  नै मनपर्छ अन्य साहित्य पनि यथार्थमा आधारित नै बढी पढ्ने गर्छु ।

मन परेको नेपाली लेखक ?
सुविन भट्टराई । लेखन शैली राम्रो छ ।
साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ साह्रै मन परेको । मन छोएको आत्मकथा ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
पुस्तक खरिदका लागि बजेट छुट्याएको छैन । तर बजारमा चर्चामा रहेका पुस्तकहरु किनेर पढ्ने गर्छु । पुस्तक खरिदका विषयमा म स्थानीयस्तरमा रहेका पुस्तकालयहरुलाई एउटा अनुरोध गर्छु । बजारमा अत्याधिक चर्चामा आएका अनि पढ्नु पर्ने पुस्तकहरु चर्चाकै समयमा, पुस्तकालयको बजेटले नभ्याए, समाजसेवाका लागि पैसा खर्च गर्ने समाजका दाताहरुसँग सहकार्य गरेर भए पनि राख्ने गरेमा पुस्तकका लागि पैसा खर्च गर्न नसक्ने÷नचाहने तर पढ्न चाहने पाठकहरुको लागि र पुस्तकालयको लागि पनि फाइदाजनक हुन्थ्यो ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
सानै थिएँ । ३÷४ कक्षामा पढ्थें होला, त्यसवेला एउटा वाहिरको कभर च्यातिइसकेको पुरानो सानो किताव भेटें र पढ्न थालें । त्यो पुस्तक पढुन्जेल रोइरहें । आजसम्म कुनै पुस्तक पढ्दा पनि त्यसरी रोएकी छैन म । कविता शैलीको कथा भएको त्यस कथामा लाल र हिरा नामका पात्र पात्रा थिए । पछि थाहा पाएँ त्यो त लाल र हिरानामले प्रख्यात कथा रहेछ । त्यस कथाले मेरो वाल हृदयमा गहिरो प्रभाव पारेको थियो ।

पुस्तक पढ्ने उपयुक्त समय ?
पुस्तक पढ्ने छुट्टै समय छैन । विहान ४ः३० मै उठ्दा पनि विहानको समय योग र घरधन्दामै बित्छ । वेलुका ६÷७ बजे मात्रै घर पुगिन्छ । त्यसैले दिउँसो अफिस(पसल)मै खाली भएको समयमा कम्प्युटरबाटै इ–साहित्यिक पत्रिकाहरु, अन्य गुगलबाट प्राप्त गर्न सकिने लेख रचनाहरु पढ्ने गर्छु । व्यवसाय नै टाइप, प्रिन्टको भएकाले विभिन्न पुस्तकहरु टाइप गर्न ल्याउने लेखक साहित्यकारहरुका कृति र लेख रचनाहरु म टाइप गर्दा गर्दै पढीसक्छु । पढ्न मन लागेका पुस्तकहरु वेलुका खाना खाइसकेपछि ९ वजे भन्दा पछिको समयमा धेरै दिन लगाएर पढिसक्छु ।
पुस्तक कसरी राख्नु हुन्छ ?
मलाई कितावले घर सिंगार्न मन लाग्छ तर डेराको बसाई भएकाले पर्याप्त ठाउँ छैन । घर बनाएपछि सजाएर राखौंला भनेर केही कार्टुन भित्र र केही ¥याकमा पनि राखेकी छु

पढ्न मन लागिरहेको पुस्तक ?
गितालाई नेपालीमा पढ्ने मन छ ।

कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
सालमा म कृतिकार हुनेछु । यसबारे यतिमात्रै भन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: