यातायात बन्द गर्ने आठ व्यवसायी पक्राउ

  प्रकाशित मिति
२१ बैशाख २०७५, शुक्रबार १४:५३


मेचीनगर । यातायात बन्द गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टाले यातायात बन्द गर्ने आठजना व्यवसायीलाई पक्राउ गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनलगत्तै प्रहरीले मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रकाश उप्रेतीसहित आधादर्जन बढी व्यवसायीहरुलाई काँकरभिट्टाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोग मासगरमाथा यातायात व्यवसायी संघका अध्यक्ष खगेन्द उप्रेती, प्रवन्ध निर्देशक बशन्त तिवारी, सञ्चालक सदस्य राजकुमार पाण्डे, श्याम थापा, हिमाली यातायात व्यवसायी संघका कार्यवहाक अध्यक्ष भुपाल ओली, पूर्वी नेपाल यातायाता संघका अध्यक्ष केशव गिरी, नागरिक यातायातका कृष्ण काफ्लेलाई प्रहरीले छलफल गर्ने भनी बोलाएर नियन्त्रणमा लिइएको व्यवसायीहरुले जनाएका छन् ।

सगरमाथा यातायातले मेची बस व्यवसायी संघले छुटपूर्जी नदिएका कारण आफ्ना कम्पनीका सवारी नचलाएको जनाएको छ । अन्य यातायातसँग सम्बद्ध संघ सस्थाका पदाधिकारी तथा व्यवसायीकोे खोजी गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले यातायात सम्बद्ध संघ संस्थाका अन्य पदाधिकारीको खोजी कार्य तीव पारेको थियो । यता बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । काँकरभिट्टा बसपार्कबाट मात्रै लामो तथा छोटो दुरीका करिव पाँचसय बढी सवारी साधन दैनिक सञ्चालन हुने व्यवसायीहरुले जनाएका छन् ।

शुक्रबार सूर्याेदय यातायात प्रालिका बाहेक अन्य कुनै सवारी सडकमा दिनभर गुडेनन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने लगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: