यातायात भाडा अब स्मार्ट कार्डमार्फत तिर्न मिल्ने

  प्रकाशित मिति
३२ श्रावण २०७७, आईतवार १८:४९


मेचीनगर । सुन्दर यातायात प्रालिले बसको भाडा स्मार्ट कार्डबाट तिर्न सकिने व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले आइपे प्रालिसँगको सहकार्यमा सार्वजनिक यातायात सहित अन्य सम्पूर्ण साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मूल्यमा र सरल तरिकाले प्रयोग गर्न मिल्ने विद्युतीय स्मार्ट कार्ड आइतवारबाट सञ्चालनमा ल्याएको हो ।

सुन्दर यातायात प्रालिका प्रशासन प्रमुख सरिता योगीका अनुसार उक्त कार्डमार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

साधारण व्यक्ति, विद्यार्थी, अशक्त सबैले अलग अलग प्रयोग गर्न मिल्ने उक्त कार्ड २ सय र ५ सयमा खरीद गरेपछि जुनसुकै डिपार्टमेण्ट स्टोर, स्टेसनरी सबैतिर प्रयोग गर्न मिल्ने छ ।

कार्डको अवधि १ वर्ष रहने छ । २ सय रुपैयाँमा खरीद गरेको कार्डले २५० रुपैयाँ सम्मको यात्रा गर्न मिल्ने छ । उक्त कार्डमार्फत अन्य सुविधा भने लिन मिल्ने छैन । यो यातायातका लागि मात्र प्रयोग गर्न मिल्नेछ ।

यो कार्डमा कुनै पनि डिजिटल पेमेन्टबाट भुक्तान गर्न सकिने छ । यो कार्ड जडान गरेको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–सेवाबाट अनलाइन खरीद गर्न मिल्ने छ ।

सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा मिल्नेगरी बजारमा आएको छ । यो इ–पेमेन्ट देशव्यापी सञ्चालनमा ल्याइने सुन्दर यातायातले जनाएको छ ।

(पहिलो पोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: