यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली लागु

  प्रकाशित मिति
२६ असार २०७७, शुक्रबार १६:४९


।। अर्जुन कार्की ।।

मेचीनगर । यातायात व्यवस्था कार्यालय झापा प्रदेश न.१, मेचीले सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गरेको छ ।

कार्यालयका अनुसार यहि असार २१ गतेदेखि लकडाउनलाई मध्ये नजर गर्दै सेवाग्राहीहरुको सुरक्षाका लागि पनि टोकन प्रणाली लागु गरेको हो ।

सेवाग्राहीको भीडभाड कम्ती गर्ने गरी कार्यालयमा ज्वरो नाप्ने, साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ भने सामाजिक दुरी कायम गरेर सेवा प्रवाह गरिरहेको मेचीका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार आइतबार, सोमबार र मङ्गलबार तीन र चार पाङ्ग्रे तथा बुधबार, विहीबार र शुक्रबार दुई पाङ्ग्रे सवारी साधानका धनिलाई सेवा प्रवाह गरेको छ ।

कार्यालयको फाँटमा सवारी धनिले आफ्नो कर लाग्ने मुल्य यकिन गरी टोकन लिएर नेपाल इन्भेष्टमेन्ट बैँकमा गएपछि भौचर भरेर रसिद अभिलेख गर्न सेवाग्राहीलाई उनले आग्रह गरेका छन् ।

१ नम्बर प्रदेश सरकारले प्रदेश आर्थिक ऐन २०७७ पारित गरेसँगै लकडाउन अवधिको सवारी साधानको जरिवाना र थप दस्तुर समेत नलाग्ने प्रमुख पौडेलको भनाई छ ।

कार्यालयले सवारी साधानको नविकरण तथा अन्य सेवाहरु खुला गरेको छ ।

लकडाउनभरी बन्द रहेका सरकारी कार्यालयहरु असार १ गतेदेखि सरकारले लकडाउन खुकुलो पारेसँगै सबै सरकारी कार्यालयहरु खुला गर्ने निर्णय गरेको थियो ।

लकडाउन अवधिको सवारी साधानको जरिवाना र थप दस्तुर लिने नलिने विषयमा निर्णय ढिलो भएकोले मेचीले असार २१ गतेदेखि मात्रै सेवाग्राहीका लागि सेवा शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: