यी हुन् ‘झापा एघार’

  प्रकाशित मिति
२७ चैत्र २०७२, शनिबार ०८:३५


jhapa

प्रवेश कट्वाल, कप्तान

२०५३ सालदेखि व्यवसायिक फुटबल खेल्न सुरु गरेका प्रवेश कट्वाल झापा ११ का कप्तानी सम्बाहाली रहेका छन् । सैनिक फुटबल क्लबबाट खेल सुरु गरेका कट्वालले अन्डर १७, अन्डर १९, अन्डर २३ को राष्ट्रिय टोलीबाट खेल खेलिसकेका छन् । २०५६ सालमा राष्ट्रिय टोलीमा डेब्यु गरेका कट्वाल ९औँ साफ गेममा समेत राष्ट्रिय टोलीबाट सहभागि भएका छन् । मैदानमा प्रवेश गरेपछि सहजै बललाई खेलाउन सक्ने क्षमता भएका उनी टिमका भरपर्दा र अनुभवी खेलाडीका रुपमा चिनिन्छन्  । उपेन्द्रमान सिंहको कप्तानी रहेका बेला खेल खेल्न सुरु गरेका उनी २०५७ सालमा एनआरटी, थ्रीस्टार, मनाङ मस्र्याङद्ी, आरसिटि, मछिन्द्रलगायतका ए डिविजनका टिमबाट लामो समय फुटबल खेलीसकेका छन् । २०७१ सालमा झापा ११ को स्थापना भएपछि आफ्नै होम टिमबाट खेल्न सुरु गरेका कट्वाल झापाको कप्तानीको जिम्मेवारी सम्हाल्दै आएका छन् । जर्सी नम्बर ७ लगाएर मैदानमा देखिने कट्वाल जस्तो सुकै कठिन अवस्थामा पनि नआत्ति सहजै बल नियन्त्रण गर्न सक्ने खुबी उनीसँग छ ।

कर्ण लिम्बू, स्टाइकर
झापा ११ को नायकको रुपमा रहँदै आएका कर्ण लिम्बू चन्द्रगढी निवासी हुन् । जर्सी नम्बर १४ लगाएर फुटबल खेल्ने उनी टिमको जितमा जुनसुकै खेलमा पनि सधैँ नायक साबित हुने गरेका छन् । विर्तामोडमा जारी झापा गोल्डकपको उद्घाटन खेलमै व्यक्तिगत ५ गोल गरेका उनी प्रतियोगिता भरमै ७ गोल गरेर सर्वाधिक गोलकर्ताको सुचीमा छन् । २०५८ सालबाट मुनाल क्लब चन्द्रगढीबाट खेल जीवन सुरु गरेका लिम्बू निरन्तर टिमको अग्रपङिक्तमा रहँदै आएका छन् । मुख्य स्टाइकर उनले प्राय हरेक खेलमा गोल गर्ने पर्ने विशेषता छ । झापा ११ का लागि मुटुकै रुपमा रहेका उनले यसअघि थुप्रै राष्ट्रिय क्लबमा खेल खेलिसकेका छन् । लिम्बू मछिन्द्र क्लब, युनाइटेड क्लब, एनआरटि ए डिविजन, मछिन्द्र ए डिबिजन, जावलाखेल क्लबमा लामो समय अनुभव बोटुलेका झापाली खेलाडी हुन् ।
एन्फा कप विजेता झापाका लागि कर्णको गोल बर्षा नै महत्वपूर्ण आधार भएको थियो । चलाखीपूर्ण गोल गर्न खप्पिस उनी राष्ट्रिय टिमबाट भने नियतबस पर्न सकेका छैनन् । ‘राम्रालाई भन्दा हाम्रालाई पहिलो प्राथमिक्ता छ’ कर्णले भने–‘सबैले आ–आफ्नो मान्छे च्याप्दै गए मेरो कोही पनि नभएका कारण पर्न सकिएन । तर, पनि मलाई कुनै गुनासो छैन ।’

विशाल राई
बाहुनडाँगी ४ का विशाल राई जर्सी नम्बर १० का लगाएर स्टाइकरका रुपमा रहन्छन् । फाइव स्टार युथ क्लब बाहुनडाँगीबाट खेल जीवन सुरु गरेका ३० वर्षे राई २०६७ सालदेखि जावलाखेल क्लब काठमाडौँमा खेल्न सुरु गरेका थिए । स्पिड रनिङ र बललाई सहजै खेलाउन सक्ने क्षमता भएका राई सानै उमेरदेखि फुटबलमा निरन्तर लाग्दै आएका छन् । मछिन्द्र क्लबबाट पनि खेलिसकेका उनी पनि झापा ११ को स्थापनासँगै गृह जिल्लाबाट खेल्न थालेका हुन् । राइट साइडका स्टाइकरको रुपमा रहेर टिमलाई जित दिलाउनका लागि उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

सुमिन मैनाली
विर्तामोडका सुमिन मैनाली लेफ्ट डिफेन्स हुन् । जर्सी नम्बर १३ मा मैदानमा उत्रनै गरेका मैनाली मौका हेरेर फरवाडको रुपमा पनि अघि बढ्ने गरेका छन् । नम्र र सरल स्वाभावक उनी खेलमा हाँसी हाँसी खेल्ने खेलाडीका रुपमा चिनिन्छन् । २०६२ सालबाट आरसिटी क्लब काठमाडौबाट राष्ट्रिय स्तरको क्लबमा डेब्यु गरेका मैनाली २०७१ सालदेखि झापा ११ बाट खेल्दै आएका छन् । विपक्षीले ल्याएको बललाई नआत्ति सहजै नियन्त्रण गरी किल्यर गर्न सक्ने क्षमता उनीसँग छ  ।

योगेश गुरुङ
विर्तामोड निवासी योगेश गुरुङ राष्ट्रिय टिममा परेका झापाली खेलाडी हुन् । राष्ट्रिय लिगमा उनको उत्कृष्ट प्रदर्शनसँगै उनै राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । जर्सी नम्बर १७ लगाएर मैदान छिर्ने गरेका गुरुङ मुख्य मिडफिल्डरको भूमिका निर्वाह गर्छन् । अनारमनी युथ क्लबबाट फुटबल खेल्न सुरु गरेका गुरुङले यसअघि थ्रीस्टार, मछिन्द्रलगायतका टिमबाट खेलिसेकेका छन् । उनको उत्कृष्ट मिड फिल्डरसँगै टिमले हरेक समय उपाधी जित्दै आएको छ ।

दिलेन लोक्ताम
अग्लो कदका दिलेन लोक्ताम झापा ११ का राइट डिफेन्स हुन् । शैनिक फुटबल क्लबबाट खेल्न सुरु गरेका दिलेन सानेपा क्लब काठमाडौँ, सरस्वती मछिन्द्रलगायतका टिमबाट खेलीसकेका छन् । जब टिमलाई संकट पर्दै जान्छ तब दिलेनको डिफेन्स छोडेर अगाडी बढछन् । थुप्रै खेलमा दिलेनले अगाडी बढेर गोल गर्न सफल भएका छन् । जसको चलाखीपूर्ण खेलले झापालाई जित दिलाउन सफल भएको छ । जर्सी नम्बर ३ लगाउने लिम्बूको किक पावर राम्रो भएकाले पनि अधिकांस फ्रिकिक प्रहार गर्ने गरेका छन् । २०५७ सालबाट खेल्न सुरु गरेका लिम्बूका आव्रmमक खेलका कारण पनि बिपक्षीलाई गोल गर्न कठिन पर्ने गरेका छ ।

सञ्जोग राई, स्टाइकर
बुुटाबारीका सञ्जोग राई यसै वर्षमात्र झापा ११ मा डेब्यु गरेका नयाँ खेलाडी हुन् । एन्फा एकाडेमीमा अन्डर १६ बाट खेलीसकेको २० वर्षे राई छरितो रुपमा बललाई नियन्त्रणमा लिएर अगाडी बढाउँन सक्ने क्षमता रहेको छ । जर्सी नम्बर ११ मा मैदानमा देखिने सञ्जोगले न्यू स्टार क्लब बुटाबारीबाट फुटबल खेल्न सुरु गरेका हुन् । स्पिड रनिङ नै उनको खेलको आर्कषक पक्ष रहने गरेका छ । पहिलो वर्षमै उत्कृष्ट खेल प्रदर्शन गरेर झापाली दर्शकलाई लोभ्याएका राई भविष्यमा राम्रो खेलाडीको रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको प्रशिक्षक भगिरथ आले बताउँछन् ।

गणेश खड्का
साना कदका गणेश खड्का टिमका मिड फिल्डर हुन् । जर्सी नम्बर ९ लगाएर मैदान छिर्ने खड्काको खेल शैली नै लोभलाग्दो छ । स्पिड रनिङ भएका कारण पनि उनलाई बल बढाउन कुनै कठिन हुँदैन । हरेक खेलमा महत्वपूर्ण अवसर निकाल्न खप्पिस उनी २÷४ जना विपक्षी खेलाडीलाई सहजै बिट गर्न सक्ने क्षमता छ ।

देवेन्द्र तामाङ
शनिअर्जुन निवासी देबेन्द्र तामाङ झापा ११ को जीतमा अर्काे नायकको रुपमा रहँदै आएका मुख्य हस्ति हुन् । सेन्टर डिफेन्सको भूमिकामा रहने उनी राष्ट्रिय लिग प्रतियोगितामा उत्कृष्ट डिफेन्सको अवार्ड प्राप्त खेलाडी हुन् । जर्सी नम्बर १९ का खेलाडी तामाङ राष्ट्रिय टोलीमा पर्न सफल अर्का झापाली खेलाडी हुन् । जुनसुकै बललाई पनि नियन्त्रणमा लिएर सहजै किल्यर गर्न सक्ने अब्बल क्षमता भएका तामाङकै कारण टिमले सफलता प्राप्त गर्दै आएको छ ।

नगेन्द्रमणी लिम्बू, मिडफिल्डर
विर्तामोडका नगेन्द्रमणी लिम्बू पुराना अनुभवी खेलाडी हुन् । ३७ वर्षिय उनी मुख्य मिडफिल्डको भूमिकामा मैदानमा छिर्ने गरेका छन् । जर्सी नम्बर ८ लगाउने लिम्बू उमेरको हिसाबले टिमको जेष्ठ खेलाडी पनि हुन् । तर उनको खेल कौशल अत्यन्तै लोभलाग्दो छ । योगेश, विशाल, कर्ण र नगेनबीचको खेलमा अत्यन्तै सहज रुपमा खेल मिल्ने गरेको छ ।
ब्वाइज युनियन काठमाडौँबाट फुटबलको केरीयर सुरु गरेका लिम्बू, हङकङको ए डिविजन टिममा पर्न सफल भएका खेलाडी हुन् । यसो त उनी बु्रनाइ देशबाट पनि खेलीसेकका छन् । एनआरटी, थ्रीस्टार क्लबबाट समेत अनुभव बोटुलेका लिम्बू मैदानको बीच भागमा रहेर चारैतर्फ बललाई फिट्न सक्ने कुशल कला छ ।

मिनबहादुर बस्नेत, गोलरक्षक
झापाका पुराना गोलरक्षक मध्येका एक हुन मेचीनगर १० काँकरभिट्टाका मिनबहादुर बस्नेत । नाइटचेस क्लबबाट गोलरक्षकको भूमिका निर्वाह गर्न थालेका बस्नेतले थुप्रै उपाधीहरू हात पारिसकेका छन् । २०७१ सालमा झापा ११ को स्थापना भएसँगै उनी गोलरक्षकको रुपमा रहँदै आएका छन् ।
२०५० सालदेखि फुटबल क्षेत्रमा होमिएका बस्नेत कुनै बेला झापाको पहिलो रोजाइको गोलरक्षकका रुपमा रहेका थिए । झापा जिल्ला फुटबल सङ्घको गोलरक्षक उनले महाबिर क्लब, एनआरटी, ज्वालाखेललगायतका क्लबबाट खेलीसकेका छन् । अग्ला कदका बस्नेतको चलाखीपूर्ण बललाई नियन्त्रण गर्ने विशेषता रहेका छ ।

खमिर गिल्सन कन्दङ्वा, मिड फिल्डर
मेचीनगर ११ का २३ वर्षिय खमिर गिल्सन कन्दङवा यसै वर्षमात्र झापा ११ मा डेब्यु गरेका नयाँ खेलाडी हुन् । काँकरभिट्टा फुटबबल ट्रेनिङ सेन्टरका उत्पादन उनी ७ वर्षदेखि फुटबल खेल्दै आएका छन् । मिड फिल्डरको भूमिका निर्वाह गर्दै आएका जर्सी नम्बर १२ का कन्दङ्वा सहज रुपमा बललाई नियन्त्रण लिने गरेका छन् । महाविर क्लब, एन्फाको वि डिविजन खेलीसकेका कन्दङ्वाको खेल कौशल आसलाग्दो रहँदै आएको छ ।

एञ्जल गुरुङ, मिड फिल्डर
मेचीनगर–१० का एञ्जल गुरुङ पनि यसै वर्ष झापा ११ मा डेब्यु गरेका अर्का नयाँ खेलाडी हुन् । उनी पनि । काँकरभिट्टा फुटबबल ट्रेनिङ सेन्टरकै उत्पादन हुन् । एन्फा एकाडेमीबाट अन्डर १७ मा राष्ट्रिय स्तरको खेल खेलीसकेका राई जर्सी नम्बर १६ लगाउँछन् ।

सुजन गुरुङ, डिफेन्स
धुलाबारीका सुजन गुरुङ पनि झापा ११ मा यसै वर्ष अनुमोन्दित भएका नयाँ खेलाडी हुन् । रोलिङ क्लब धुलाबारीका उत्पादन सुजन डिफेन्सको भूमिकामा रहन्छन् । जर्सी नम्बर ५ का उनका राईको भविष्य पनि राम्रो रहेको देखिन्छ ।

सनम राई, डिफेन्स
२३ वर्षे सनम राई झापा बुटाबारी निवासी हुन् । न्यू स्टार क्लबबाट फुटबलको केरीयर सुरु गरेका उनी झापा ११ मा म्याइ भ्याली कप इलामबाट डेब्यु गरेका नयाँ खेलाडी हुन् । जर्सी नम्बर २ मा मैदानमा देखा पर्ने उनको डिफेन्सप्रतिको सहज कुशलता हुन्छ ।

रबि थापा मगर, डिफेन्स
पोखरा निवासी रबि थापा मगर २०७१ को लिग खेलदेखि झापा ११ बाट खेल्न सुरु गरेका खेलाडी हुन् । जर्सी नम्बर ४ का मगर सेन्टर डिफेन्सका रुपमा मैदानमा रहन्छ । एन्फा एकाडेमीका उत्पादन उनी संकटा क्लब, थ्रीस्टारबाट पनि लामो समय खेलीसकेका अनुभवी खेलाडी हुन् ।

किशोर गिरी, गोल रक्षक
मोरङ निवासी किशोर गिरी ३ महिनादेखि झापा ११ बाट मुख्य गोलरक्षकमा रहेर खेल खेलिरहेका छन् । माइभ्याली गोल्डकपको उपाधी जिताउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गिरीको गोल पोष्टको रक्षा पङिक्त उत्कृष्ट रहँदै आएको छ । उनी माइभ्याली गोल्डकपमा उत्कृष्ट खेलाडीको उपाधी समेत जित्न सफल भएका थिए । जर्सी नम्बर २५ लगाएर मैदानमा रहने उनी झापा ११ का लागि भरपर्दा र पहिलो रोजाइका गोलरक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: