यी हुन् स्वास्थ्य महोत्सवका आकर्षण

  प्रकाशित मिति
३ माघ २०७३, सोमबार ११:२९


gyanendra

मुलुकमा नै पहिलो पटक झापाको मेचीनगरमा आगामी ८ गतेदेखि १४ गतेसम्म साताब्यापी रुपमा हुन गइरहेको स्वास्थ्य महोत्सवका बारेमा नै यस आलेखमा चर्चा गर्न मन लाग्यो । आम नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच स्थपना गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको स्वास्थ्य महोत्सवको अवधिभरि के कस्ता कार्यहरू हुन्छन् भनेर जान्नु यस स्वास्थ्य महोत्सवको प्रतिक्षा गरिरहेका हरेक नागरिकको अधिकार नै हो ।

यो महोत्सवका बारेमा थुप्रै चर्चा हुँदै गर्दा बाहिर अलि बढी चर्चामा आएको बिषय महोत्सव आयोजक राजनीतिक दल हुनु पनि हो । नेपाली काङ्ग्रेसको आयोजनामा हुन गइरहेको यो स्थास्थ्य महोत्सव जुन ढङ्गबाट सम्पन्न गर्ने योजना आयोजकले लिएको देखिन्छ त्यस खालका कार्यक्रम राजनीतिक दलले सायदै मुलुकमा अहिलेसम्म गरेका हुन् । एक वा दुई दिने स्वास्थ्य शिविरका आयोजक राजनीतिक दल हुने बिषय बाक्लिदै गएको परिप्रेक्ष्यमा स्वास्थ्य शिविर मात्र होइन स्वास्थ्य महोत्सव नै गर्ने कुरा एउटा फराकिलो सोचको उपलब्धी मान्न सकिन्छ ।

खास गरी ब्यापार व्यवसाय प्रबर्धनका लागि हुने व्यवसायिक महोत्सव र यो स्वास्थ्य महोत्सवको अन्तर के ? अनि यसलाई स्वास्थ्य शिविर नभनेर स्वास्थ्य महोत्सव नै भन्नु पर्ने किन ? भन्ने जस्ता सवाल यतिबेला आम नागरिकमा खुलदुलीका रुपमा आएको हुन सक्छ । यी र यस्ता बिषयलाई पाठक सामु पु¥याउन अनि यो स्वास्थ्य महोत्सवबाट धेरै भन्दा धेरै नागरिकहरूले लाभ लिन सकुन् भन्नका खातिर पनि यो स्वास्थ्य महोत्सवका केही आकर्षक पक्षका बारेमा चर्चा गर्ने प्रयास गरेको छु ।
पहिलो कुरा यो स्वास्थ्य शिविर नभएर स्वास्थ्य महोत्सव कसरी भन्ने कुरा गर्दा शिविर भन्ने बित्तिकै त्यहाँ सिमित बिषयका विषेशज्ञ चिकित्सकहरूले बिरामीको उपचार गर्ने नै हो  । जुन एक वा दुई दिन भन्दा बढी सायदै हुँदैन । तर यहाँ बिरामीको चेक जाँच मात्र हुँदैन ।यो महोत्सवमा देशका मुख्य १० अस्पतालका वरिष्ठ चिकित्सक सहितका ७० भन्दा बढी स्वास्थकर्मीको उपस्थितिमा विषेशज्ञ चिकित्सकीय सेवा बिरामीहरूले प्राप्त गर्ने छन् । त्यससँगसँगै स्वास्थ्य महोत्सवमा उपचारका लागि आउने र चिकित्सकको सल्लाहमा औषधी आवश्यक भएमा औषधी समेत निःशुल्क बितरण गर्ने कार्य हुने आयोजकले बताएको छ । त्यतिमात्र होइन महोत्सवमा उपचारमा आएका बिरामीका केही रोगका लागि शल्यक्रिया समेत विभिन्न अस्पतालमा निःशुल्क रुपमा व्यवस्था गरिएको छ ।

यो स्वास्थ्य महोत्सवको अर्को आकर्षण भनेको स्वास्थ्यसँग जोडिएको विभिन्न विषयहरूमा विषय विज्ञहरू बिचको समूहगत छलफल (प्यानल डिस्कसन) पनि हो । महोत्सवमा उपचार सेवासँगै विभिन्न सातवटा बिषयमा विज्ञहरूसँग समूहगत छलफल समेत हुनेछ  ।

महोत्सवमा समूहगत छलफलका लागि हरेक नेपालीका लागि स्वास्थ्य बिमा कहिलेदेखि र कसरी ?, लागु औषधमुक्त नेपाली समाज सम्भव कसरी ? स्वास्थ्य जिवनका लागि स्वास्थ बाली, सुरक्षित जिवनका लागि सुरक्षित सवारी, स्वस्थ समाजका लागि स्वस्थ राजनीति, स्वस्थ समाजका लागि स्वस्थ साहित्य र रोग ः अनुभव र अनुभूति जस्ता विषयहरू राखिएको छ भने ती विषयहरूको छलफलमा सहभागी हुनका लागि डा.अभि सुवेदी, खगेन्द्र सङ्ग्रौला, डा.सञ्जीव शर्मा, डा.अञ्जनी झा, रविन्द्र मिश्र, बसन्तराज कुवँर, मुमाराम खनाल, डा. तुषार यादव र ई.कृष्ण फुयल लगायत अन्य थुप्रै विषय विज्ञहरूको जमघट यो स्वास्थ्य महोत्सवमा हुनुले पनि यसलाई महोत्सवको स्वरुपमा परिणत गरेको छ ।

यसका अतिरिक्त महोत्सव अवधिभर भलिवल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, रक्तदान, रक्त समूह पहिचान र विभिन्न जातिय संस्कृति झल्कने गरीको साँस्कृतिक प्रस्तुति समेत रहने छ ।

महोत्सवको आयोजना कसले ग¥यो भन्ने भन्दा पनि यस महोत्सवले हाम्रा गाउँघरका मानिसलाई कसरी धेरै भन्दा धेरै फाइदा दिलाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जान जरुरी हुन्छ । त्यसैले पनि यो महोत्सवबाट आम नागरिकका लागि सिक्ने कुरा धेरै हुन सक्छन् । अथवा भनौँ एउटा ऐतिहासिक पवित्र कार्य झापाको मेचीनगरमा सम्पन्न हुन गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: