युएईमा इ-कमर्स व्यवसाय शुरु गर्दै नेपाली नर्स

  प्रकाशित मिति
१७ आश्विन २०७७, शनिबार १२:०६


।। रामप्रसाद ढुंगेल ।।
युएई- युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यवसाय सुरुवात गरेकी छन् ।

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छन् ।
कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् ।
युएईमा कार्यरत सबै देशका बासिन्दाहरुलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।
नेपाली टि-शर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने  व्यावसायी गौंडले जानकारी दिएकी छन् ।
नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी गौंडले बताएकी छन् ।
अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन भने आगामी २० अक्टोबरमा गरिने प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।
सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: