युएसका झापालीले कचनकबललाई एम्बुलेन्स किनिदिने

  प्रकाशित मिति
१६ श्रावण २०७६, बिहीबार १४:२५


।। राम ढुंगेल ।। 
मेचीनगर । अमेरिकाको मेरिल्यान्ड राज्यको डीसी मेट्रोमा बसोबास गरिरहेका झापालीहरुले अनुदान सङ्कलन गरेर कचनकबल गाउँपालिकामा एउटा एम्बुलेन्स खरिद गर्ने भएका छन् ।

शनिवार करीव २ सय झापालीहरुको उपस्थिति रहेको वार्षिक बनभोज कार्यक्रममा विकासका दृष्टिले पछाडि परेको कचनकबलमा एम्बुलेन्स प्रदान गर्नका लागि आपसमै २१ सय डलर सहयोग सङ्कलन गर्ने निर्णय भएको हो ।

नाचगान, खानपिन र गीत–कविता आदिको रमाइलो माहोलमा आयोजित पिकनिकमा आफु जन्मेको देशको जिल्लाको विकासमा केही योगदान गरौं भन्ने विषयमा लामो छलफल भएको थियो ।

डीसी मेट्रोमा झापालीहरु रोजगारी, अध्ययन र व्यवसाय गरेर बसेका छन् ।

पिकनिकमा दुई झापाली जोडीहरु प्रेम र मन्जु सङ्ग्रौला एवम् खगेन्द्र र माया अधिकारीलाई आफ्नो सामाजिक जीवन बारे मन्तब्य दिन लगाइउको थियो भने पीके ट्याक्स एन्ड रियल्टर्सका प्रबिन खड्काले सहभागीलाई फ्री रजिस्ट्रेसन गराई लक्की ड्र गरेर एक थान आई–प्याड उपहार दिएका थिए ।

पिकनिक कार्यक्रमको उद्देश्यबारे साहित्यकार सीता पाण्डेले प्रकाश पारेकी थिइन् भने झापाली समाज अमेरिकाले भर्जिनिया, मेरिलैन्ड र पेन्सिलभेनिया राज्य एवम् डीसी मेट्रो क्षेत्रमा क्षेत्रीय समिति बनाउन आबश्यक भएको धारणा राखेकी थिइन् ।

झापाली समाज अमेरिकाको क्षेत्रीय समितिमा रही योगदान पुर्याउन १५ जनासम्मको छनौट गर्ने लक्ष्य रहेकोमा पिकनिक स्थलबाटै १० सदस्यीय अस्थायी समिति निर्माण गरिएको थियो ।

झापाली समाज अमेरिकाको उपक्षेत्रीय समितिमा अर्जुनधाराका रमेश खनाल, बिर्तामोडकी रमिता प्रसाईं, गौरीगन्जका शिव साह, गौरादहकी गौरा रिसाल, मेचीनगरका सन्तोष प्रसाई, तोपगाछाीका तोया पौडेल, दमकका दुर्गा सिटौला, जलथलका अर्जुन ढुङ्गेल, बुद्धशान्तिका गुरु ओली र दमकका रुद्र ढुङ्गेल सहित १५ मध्ये १० सदस्य चयन भएका छन् ।

पिकनिक कार्यक्रमामा स्पोन्सर गर्ने मध्येबाट नेपाली रियल्टर्सका कविन्द्र सिटौलाले कविता बाचन गरेका थिए भने नेपाली डायस्पोरा इन्भेस्टमेन्ट फन्डका सुरेश अधिकारी र रमेश खनालले कम्पनीको उद्देश्य र बिजनेश परियोजनाहरु बारे जानकारी गराएका थिए ।

अर्को पिकनिक सन् २०२० मा भर्जिनियामा गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: