यलम्बर टाईम्सका सम्पादक तथा बङ्कर पुस्तकका लेखक दिपिन राईले युकेमा बस्ने नेपाली दजु–भाईका विषयमा लकडाउनका बेला युके सरकारलाई कवितामार्फत यसरी पोखेका छन् आफ्ना विचार ।
मेरा आफन्तहरु यस्तो अवस्थामा कतै घृणित भएर बस्नु परेको त छैन ?
तिम्रो देशको रक्षाका लागि मेरा पुर्खाहरुले दिएको बलिदानको उच्च कदर यो वेला चाहिएको छ ।
कोरोना संक्रमणका कारण भुपु सैनिक योद्धाहरुको अवस्था नाजुक बन्दै गएको खबरले हाम्रो सन्ततीहरुलाई चित्त दुख्नु स्वभाविकै हो ।
त्यसैले फेरि भन्न चहान्छु युके सरकार ?
उमेर पुगेकै हुन् छाडीदिउँ भन्दै मेरा पुर्खाहरु भकाभक त ढल्दैत छैनन् ?
बम र तोपले नढलेका मेरा आफन्त – एउटा हैजाले यसरी ढल्ने भए । सुन्छु क्रमश ः यो बेला ती योद्धाहरु थलिएका छन् रे ।
युके सरकार !
बैंशमा – तरुनी श्रीमती, आमा, बुबा छाडेर तिम्रो रक्षामा अहोरात्र खटेका थिए । म यता कलम चलाउदै उनीहरु उता थ्रीनट थ्रीसँग रात बिताउथे ।
भन त अब तिनीहरुको सुरक्षा तिमीले गरि दिएनौ भने तिनका आशुले तिम्रो देशको भुगोल सर्न पनि सक्छ ।
युके सरकार ?